स्वास्थ्य

सरकार भन्छ – काेराेनाका सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

सरकार भन्छ – काेराेनाका सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर काेराेनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गर्ने जनाएकाे छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए देशमा अहिले रहेको अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने देखिएकोले फेरी लकडाउन गर्न सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयले बुधबारको नियमित काेराेना अपडेटमा देशभर अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे जनाएकाे । साथै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय अझै एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।...
उपत्यकामा ४९२ सहित उपत्यकामा थपिए ६ सय ३७ कोरोना संक्रमित

उपत्यकामा ४९२ सहित उपत्यकामा थपिए ६ सय ३७ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् । मन्त्रालयले २४ घण्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।...
काेराेनाबाट काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु

काेराेनाबाट काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बुधबार स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेका मध्ये एक महिलासहित ३ जना काठमाडाैं उपत्यकाका छन् । यस्तै नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।...
थप १ हजार १७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज

थप १ हजार १७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १ हजार ८९३ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।...
चार महिनामा ५ हजारबढीकाे गर्भपतन

चार महिनामा ५ हजारबढीकाे गर्भपतन

स्वास्थ्य
काठमाडौं । सुनौलो परिवार नेपालले कोरोना कहरकाबीच पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । मेरी स्टोप्स् इन्टरनेश्नलको साझेदारीमा सन् १९९४ देखी मेरी स्टोप्स् सेन्टर र बिभिन्न घुम्ती शिबिरबाट सेवाग्राहीलाई गुणस्तरिय र सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा दिंदै आइरहकोे सुनौलो परिवार नेपालले लकडाउनको विषम परिस्थीतिमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको हो । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट देशभर पहिलो चरणको लकडाउन घोषणा गर्‍यो । सरकारले जारी गरेको लकडाउनका केही दिन मेरी स्टोप्स्का सेवा प्रवाहमा अन्यौलता छायो । तर केही दिन पछि सेवालाई निरन्तरता दिने निर्णयमा पुग्यो । र लकडाउन र निषेधाज्ञाको कठिन परिस्थीतिमा समेत निरन्तर रुपमा आफ्नो सेवा प्रवाह जारी राखेको मेरी स्टोप्स् नेपालकी उप-निर्देशक सम्झना सिंह जिसीले जानकारी दिईन । सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत...
कोरानाका कारण वडाध्यक्षको मृत्यु

कोरानाका कारण वडाध्यक्षको मृत्यु

स्वास्थ्य
काठमाडौं । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।रासस...
थप दुई जना काेराेना संक्रमितको मृत्यु

थप दुई जना काेराेना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो। भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो। त्यस्तै अल्का अस्‍पतालमा बुधवार बिहान एक पुरुषको मृत्यु भएको छ। ललितपुरका ७४ वर्षका पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।...
काभ्रेमा एकैदिन थपिए ६९ सैनिकसहित ७९ जना काेराेना संक्रमित

काभ्रेमा एकैदिन थपिए ६९ सैनिकसहित ७९ जना काेराेना संक्रमित

स्वास्थ्य
काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने...
५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेहाल

५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेहाल

स्वास्थ्य
सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए । कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण ...
७७ हजारको कोरोना परीक्षण

७७ हजारको कोरोना परीक्षण

स्वास्थ्य
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी कैलालीमा दुई हजार ...