स्वास्थ्य

राष्ट्र बैंकका डेपुटी श्रेष्ठसहित ५ जनालाई कोरोना संक्रमण

राष्ट्र बैंकका डेपुटी श्रेष्ठसहित ५ जनालाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । डेपुटी गभर्नर श्रेष्ठका सवारी चालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । डेपुटी गभर्नर अहिले होम आइसोलेशनमा बसेका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । होम आइसोलेशनमा बसेका डेपुटी श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘मेरो स्वास्थ्य अवस्था राम्रो छ,’ उनले भने ‘म आफ्नै घरमा बसेको छु र मेरो अवस्था सामान्य छ ।’ डेपुटीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । भगर्नर अधिकारी केही समय अघि पनि यसअघि कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । बैंकको मुद्रा व्यवस्थापन विभागम...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोनाभाइरसको संक्रमणपुष्टि भएपछि गजेन्द्र नारायणपिसंह अस्पताल राजविराजले रिफर गरेको थियो । गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो । यता, मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।...
रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी प्याज

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी प्याज

स्वास्थ्य
काठमाडाैं । चट्ट अमिलो अचार, पिरो तरकारी अनि काँचो प्याज कर्‍याप्प टोकेर खाना खाँदाको मज्जा तपाईंले लिनुभएको छ । आहा ! बेग्लै स्वाद, कस्तो आनन्द । प्रायः तरकारीमा प्रयोग गरिने प्याज पकाउँदा मात्र होइन काँचै खादाँ समेत स्वाद बढाउने गर्दछ । लगभग सबै नेपालीको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजले खानाको स्वाद बढाउनुको अलावा स्वास्थ्यमा कैयौं फाइदा पुर्‍याउँछ । यस्ता छन् प्याजको फाइदा : – प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउछ । – यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ । – यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ । – प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । – गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ । – काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ । – पत्थरीको समस्यामा खा...
३९ बर्षीय कोरोना संक्रमित युवकको काठमाडौंमा मृत्यु

३९ बर्षीय कोरोना संक्रमित युवकको काठमाडौंमा मृत्यु

स्वास्थ्य
तुलसीपुर । दाङको तुलसीपुरमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो । उपचारका क्रममा उनको विहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।...
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु-११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन डा थापाका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।...
पीसीआर रिपोर्ट छिटो प्रदान गर्ने व्यबस्था मिलाउन संसदीय उपसमितिकाे निर्देशन

पीसीआर रिपोर्ट छिटो प्रदान गर्ने व्यबस्था मिलाउन संसदीय उपसमितिकाे निर्देशन

Featured, स्वास्थ्य
काठमाडौं । काेराेना भाइरस (कोभिड-१९) काे नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिका संयोजक जीवनराम श्रेष्ठले प्रतिवेदन बुझाउँदै कोभिड बाहेकका अन्य रोगका बिरामीहरुले सहज उपचार सेवा पाउन नसकेको बताए । उपसमितिले पीसीआर रिपोर्ट छिटो प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ । पीसीआर ल्याबको क्षमताअनुसार दक्ष जनशक्तिको व्यवस्था गर्दै पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्नुपर्ने, होम आइसोलेसनमा बसेका संक्रमितको नियमित रुपमा स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने उपसमितिले सुझाव दिएको हो । त्यसैगरी क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई खाना बापत तोकिएको १७५ रुपैयाँ अपुग भएकाले बजा...
नेपालमा काेराेना संक्रमणबाट मृतकको संख्या ४५३ पुग्यो

नेपालमा काेराेना संक्रमणबाट मृतकको संख्या ४५३ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा...
काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।...
नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।...
प्रदेश १ मा ९१ सङ्क्रमित थपिए

प्रदेश १ मा ९१ सङ्क्रमित थपिए

स्वास्थ्य
मोरङ । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ४६ महिला र ४५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङ्मा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा तीन महिला र तीन पुरुष, जहदामा तीन महिला र तीन पुरुष, सुन्दरहरैचामा एक महिला र दुई पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा २४ महिला र सात पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको गौरादहका एक पुरुष, स्थानीय तह नखुलेका तीन पुरुष, पाँचथरको फालेलुङमा दुई पुरुष, ताप्लेजुङमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र दुई पुरुषमा कोरोनाको सङ्क्रमण पुष्ट...