स्वास्थ्य

५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

स्वास्थ्य
चितवन । चितवनमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे छ । भरतपुर महानगरपालिका–७ का मिर्गौला पीडीत पुरूषमा असोज ४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे आज दसउँसाे मृत्यु भएकाे हाे । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।...
नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउने संख्या ४८१ पुग्यो

नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउने संख्या ४८१ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।...
काठमाडाैं उपत्यकामा थपिए ८१७ जना काेराेना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए ८१७ जना काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ८१७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको...
१ हजार ३५१ जनामा संक्रमण, ७४२ जना डिस्चार्ज, ४ जनाकाे मृत्यु

१ हजार ३५१ जनामा संक्रमण, ७४२ जना डिस्चार्ज, ४ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ३५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ७४२ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४८१ पुगेको छ ।...
भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति शेल्फ क्वारेन्टिनमा

भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति शेल्फ क्वारेन्टिनमा

स्वास्थ्य
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा शेल्फ क्वारेन्टिनमा बसेका छन् । सेनापति थापाको भान्सामा काम गर्ने एक जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी आइतबारबाट क्वारेन्टिनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको हो । निर्देशानालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार शनिबार प्रधानसेनापति थापाको निवासमा भान्साका काम गर्ने एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपाउँदै क्वारेन्टिनमा बस्नेछन् ।...
थप १० जना काेराेना संक्रमितकाे मृत्यु

थप १० जना काेराेना संक्रमितकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् । यस्तै नेपालमा आज थप १ हजार ५७३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
थप १ हजार ५७३ जनामा काेराेना संक्रमण, ८८५ जना डिस्चार्ज

थप १ हजार ५७३ जनामा काेराेना संक्रमण, ८८५ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ५७३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ८८५ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४८८ पुगेको छ ।...
बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित मृत्यु

स्वास्थ्य
बुटवल । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए । संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान मात्रै उनी अस्पतालमा भर्ना भएका थिए ।...
ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि मेयर महर्जन बिहीबार पीसीआर परीक्षण गराएका थिए । उनकाे शुक्रबार आएको रिपोर्ट पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनका अनुसार मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।...
डा. केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

डा. केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

स्वास्थ्य
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ । साथै डा. केसीको जीवन रक्षाका लागि आ...