स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख नाघ्यो

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघेको छ । जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९५ लाख सक्रिय संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड ५५ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९३ हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४१ हजारको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय ३७ जनाको मृत्यु भएको छ ।...
देशभर ८ हजार ४७ जना संक्रमित होम आइसोलेसनमा

देशभर ८ हजार ४७ जना संक्रमित होम आइसोलेसनमा

स्वास्थ्य
काठमाडौं । देशभर ८ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आज देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमितमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय ८० जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा १ हजार ११५, प्रदेश २ मा १६२, लुम्बिनी प्रदेशमा १ हजार १०२, सुदूरपश्चिम प्रदेशमा ६३५, गण्डकी प्रदेशमा ३६९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।...
२४ घण्टामा काठमाडाैं उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित

२४ घण्टामा काठमाडाैं उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा २६३ र ३३१ पुरुष रहेका छन् । काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ३८२ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।...
मंगलबार थप २३ जनाकाे काेराेनाबाट मृत्यु

मंगलबार थप २३ जनाकाे काेराेनाबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाबाट थप २३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६२१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।...
२४ घण्टामा १ हजार ३८२ काेराेना संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

२४ घण्टामा १ हजार ३८२ काेराेना संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६२१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे नेपालमा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
क्रिसमसपछि कोरोनाको नयाँ लहर आउनसक्ने अमेरिकी विज्ञको चेतावनी

क्रिसमसपछि कोरोनाको नयाँ लहर आउनसक्ने अमेरिकी विज्ञको चेतावनी

स्वास्थ्य
एजेन्सी। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन्। अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ। अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ। अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्। न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन्। क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन्।अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा ...
प्रदेश-१ मा कोरोना कहरः ९६ जना डिस्चार्ज, ८० जना सङ्क्रमित

प्रदेश-१ मा कोरोना कहरः ९६ जना डिस्चार्ज, ८० जना सङ्क्रमित

स्वास्थ्य
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ । अझै पनि सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।...
८ हजार ६० जना संक्रमित होम आइसोलेसनमा

८ हजार ६० जना संक्रमित होम आइसोलेसनमा

स्वास्थ्य
काठमाडौं । देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्य ८ हजार ६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ११७७, प्रदेश २ मा १९६, लुम्बिनी प्रदेशमा ११८९, सुदूरपश्चिम प्रदेशमा ६०१, गण्डकी प्रदेशमा ३८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।...
आइतबार कुन जिल्लामा कति संक्रमित थपिए?

आइतबार कुन जिल्लामा कति संक्रमित थपिए?

स्वास्थ्य
काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा २० र सोलुखुम्बुमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३ र सिरहामा ५ जनामा कोरोना संकर्मण पुष्टि भएको छ। त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ७४, सिन्धुलीमा १९ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना...
२४ घण्टामा १७ सय ५२ कोरोना संक्रमित डिस्चार्ज

२४ घण्टामा १७ सय ५२ कोरोना संक्रमित डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। नेपालमा १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।...