स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर थपिए ४३० कोरोना संक्रमित, ३९० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थपिए ४३० कोरोना संक्रमित, ३९० जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ४८८ जनामा कोरोना भाइरसको संक्रमण् पुष्टि भएको थियो ।...
२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

स्वास्थ्य
काठमाडौं । देशभर हाल २ सय जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा ७२ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ५५ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा ३ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ३ आइसियुमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।...
नेपालमा कहिले आउँछ काेराेना भ्याक्सिन ? मन्त्रीले ताेके डेटलाइन

नेपालमा कहिले आउँछ काेराेना भ्याक्सिन ? मन्त्रीले ताेके डेटलाइन

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन्। स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले  यस्तो संकेत गरेका हुन्। उनले व्यंग्यात्मक रुपमा भने,‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ। यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ।’ पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै  फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्। उनले समयमै कोभिड भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने समेत बताए। खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम आफ्नो प्राथममिता रहेको समेत बताए। कोरोना भाइरसविरुद्धको भ्याक्सिनका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनको भनाइ छ। 'नीतिगत...
थप १० जनाको कोरोनाबाट मृत्यु

थप १० जनाको कोरोनाबाट मृत्यु

section, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।...
पछिल्लो २४ घण्टा थपिए ४८८ जनामा काेराेना संक्रमित

पछिल्लो २४ घण्टा थपिए ४८८ जनामा काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा २५९ जनामा कोरोना भाइरसको संक्रमण् पुष्टि भएको थियो ।...
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

स्वास्थ्य
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । “कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ ।” कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।...
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङ...
सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी, उच्चस्तिरिय खोप अनुगमन समिति गठन

सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी, उच्चस्तिरिय खोप अनुगमन समिति गठन

स्वास्थ्य
काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड-१९ भण्डारको तयारी थालेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै कोभिड–१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड-१९ को अर्को र्यापिट एक्सन प्लान तयार गरी स्वीकृतिका लागि पेश गर्न नीति योजना तथा अनुगमन महाशाखालाई जिम्मे...
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ। गत २४ घण्टामा ४ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०...
भारतमा कोरोनाभाइरसकाे संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

भारतमा कोरोनाभाइरसकाे संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

section, स्वास्थ्य
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ । भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । रासस–एएनआई...