स्वास्थ्य

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ। गत २४ घण्टामा ३ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा ४, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को बारामा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, सिन्धुलीमा २ र ललितपुरमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ४, तनहुँमा ६, नवलपरासीमा पूर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २ र वागलुङमा ११ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घा...
देशभर थपिए ३२२ कोरोना संक्रमित, ३७४ जना डिस्चार्ज, ६ जनाको मृत्यु

देशभर थपिए ३२२ कोरोना संक्रमित, ३७४ जना डिस्चार्ज, ६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा हिजो २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि(विज्ञप्तिसहित)

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि(विज्ञप्तिसहित)

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ । उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयलेृ जनाएको छ ।...
नयाँ प्रजातिको कोरोना भाइरस : नेपालमा पनि ३ जना संक्रमित भेटिए

नयाँ प्रजातिको कोरोना भाइरस : नेपालमा पनि ३ जना संक्रमित भेटिए

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ । उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।...
एचआइभी एड्सबाट १६ वर्षीय किशोरीको मृत्यु

एचआइभी एड्सबाट १६ वर्षीय किशोरीको मृत्यु

स्वास्थ्य
काठमाडौँ । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए । उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।...
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

section, स्वास्थ्य
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। गत २४ घण्टामा २ सय ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को सप्तरीमा मात्र १ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रोमछापमा १ र ललितपुरमा २३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, तनहुँमा २, नवलपरासीमा पूर्वमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रोल्पामा १ र रुपन्देहीमा ७ जनामा कोरोना पाइएको छ। गत २४ ...
नेपालमा कहिले आउँछ काेराेनाकाे खाेप?, कोभ्याक्सले पठायाे यस्ताे पत्र

नेपालमा कहिले आउँछ काेराेनाकाे खाेप?, कोभ्याक्सले पठायाे यस्ताे पत्र

स्वास्थ्य
काठमाडौं । पछिल्ला समय अमेरिका लगायत विभिन्न मुलुकमा काेराेना भाइरसविरूद्दकाे खाेप लगाउन सुरू भएपछि नेपाल खाेप कहिले आउला भनेर चर्चा बढेकाे छ। यसैक्रममा कोभ्याक्स फ्यासिलिटीले आगामी मार्च तथा अप्रिल (चैत/वैशाख)सम्ममा नेपालमा कोभिडविरुद्दको खोप नेपाल पठाउने बताएको छ। कोभ्याक्सले गतसाता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको हो। कोभ्याक्सको उक्त पत्रका आधारमा अझै नेपालमा तीन महिना नेपालमा कोभिड भ्याक्सिन नआउने देखिएको हो। कोभ्याक्स कोभिड खोप सबै धनी गरिब देशले  बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ लगायतका संस्था मिलेर बनेको एलाइन्स हो। कोभ्याक्सले नेपाललाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निशुल्क उपलब्ध गराउने प्रतिवद्दता गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुन खोप पठाउने छ भन्नेबारे खुलाएको छ...
देशभर २६६ कोरोना संक्रमित थपिए, ४०० जना डिस्चार्ज, ५ जनाको मृत्यु

देशभर २६६ कोरोना संक्रमित थपिए, ४०० जना डिस्चार्ज, ५ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन : डब्ल्युएचओ

नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन : डब्ल्युएचओ

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको छ। पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ । सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् ।...
कोरोना खोप लगाएका ५२ जनामा समस्या, एक जनाकाे अवस्था गम्भीर

कोरोना खोप लगाएका ५२ जनामा समस्या, एक जनाकाे अवस्था गम्भीर

स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका एक जनाको अवस्था गम्भीर छ । अन्य ५१ जनामा साइडइफेक्ट देखिएको छ । तर, उनीहरूकाे अवस्था गम्भीर नरहेकाे बताइएकाे छ। दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।...