स्वास्थ्य

केन्द्रीय कारागारका कैदीले लगाए कोरोनाविरुद्धको खोप

केन्द्रीय कारागारका कैदीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरूद्धको खोप नेपालमा पनि लगाउँन सुरू भएको छ । यसैक्रममा सोमबार केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई पनि खोप लगाइएको छ । सदर जेल सुन्धारा कारागारमा रहेका २ हजार ५ सय कैदीलाई सोमबार कोरोनाविरुद्धको खोप लगाइएको छ। यस्तै डिल्ली बजार कारागारमा रहेका ४ सय ८० कैदीलाई खोप लगाइएको छ । साथै ४१ जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ। अझै ८ सय जना महिला कैदीहरु खोप लगाउन बाँकी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमको उपस्थितमा कैदीहरुलाई खोप लगाइएको हो । भारतले निःशुल्क उपलब्ध गराएको कोभिशिल्ड नामक खोप माघ १४ बाट नेपालमा लगाउन सुरू गरिएको हो ।...
सोमबार देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज

सोमबार देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ६०० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै जनाको पनि मृत्यु भएको छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

स्वास्थ्य
काठमाडौं । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिए । चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेको समेत दूतावासले दाबी गरेको छ ।यसअघि भारतले १० लाख डोज कोरोना खोप सहयोग गरेको थियो ।...
८८ हजारले लगाए कोरोना खोप

८८ हजारले लगाए कोरोना खोप

स्वास्थ्य
काठमाडौं । आजसम्म ८८ हजार जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्। कोभिड-१९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट ८८ हजार बढीले खोप लगाएका हुन्। जसमध्ये प्रदेश १ का १२ हजार ७ सय ६३, प्रदेश २ का ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीका १० हजार ७ सय ६० कर्णालीका ५ हजार ५ सय ५६ र सुदूरपश्चिमका ६ हजार ८ सय ७७ जनाले खोप लिएका छन्। त्यस्तै स्वास्थ्यकर्मीहरूले पाँच दिन भित्र खोप लिइसक्न मन्त्रालयले आग्रह गरेको छ। 'पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सील दर्ता, आधिकारिक परिचय–पत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरण र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफा...
विद्यार्थी र शिक्षकलाई दोस्रो चरणमा खोप प्रबन्ध गर्न आग्रह

विद्यार्थी र शिक्षकलाई दोस्रो चरणमा खोप प्रबन्ध गर्न आग्रह

स्वास्थ्य
काठमाडौं । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज (आइतवार) जारी गरेको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासंघले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ । रासस...
कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।...
आइतबार देशभर थपिए १०५ कोरोना संक्रमित, २८८ जना डिस्चार्ज, २ जनाको मृत्यु

आइतबार देशभर थपिए १०५ कोरोना संक्रमित, २८८ जना डिस्चार्ज, २ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
इजरायलमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

इजरायलमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

स्वास्थ्य
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ । मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ । इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् । रासस / सिन्ह्वा...
कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । यो साता युकेमा ३ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएकाे छ । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । संघका अनुसार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।...
कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य

कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य

स्वास्थ्य
भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन्। भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन्। उक्त १० लाख डोज खोप दुई पटक गरी करीब साढे चार लाखलाई लगाइँदैछ। कस्तो हो कोभिशिल्ड खोप? विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टीच्युट अफ इण्डियाले यस खोपको उत्पादनका लागि अनुमति पाएपछि उसले कोभिशिल्ड नामक खोपको उत्पादन शुरु गरेको हो। यस खोपमा एडेनोभाइरस भनिने रुघाखोकी सार्ने भाइरसको कमजोर वा परिमार्जित संस्करण प्रयोग गरिएको छ। यस खोपले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोना...