८८ हजारले लगाए कोरोना खोप

काठमाडौं । आजसम्म ८८ हजार जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्। कोभिड-१९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट ८८ हजार बढीले खोप लगाएका हुन्।

जसमध्ये प्रदेश १ का १२ हजार ७ सय ६३, प्रदेश २ का ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीका १० हजार ७ सय ६० कर्णालीका ५ हजार ५ सय ५६ र सुदूरपश्चिमका ६ हजार ८ सय ७७ जनाले खोप लिएका छन्। त्यस्तै स्वास्थ्यकर्मीहरूले पाँच दिन भित्र खोप लिइसक्न मन्त्रालयले आग्रह गरेको छ।

‘पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सील दर्ता, आधिकारिक परिचय–पत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरण र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्रसहित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी अबको पाँच दिन भित्र खोप सेवा लिनु हुन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.