स्वास्थ्य

अख्तियार प्रमुखलाई कोरोना संक्रमण

अख्तियार प्रमुखलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा प्रमुख आयुक्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिनअगाडि आयोगका प्रमुखका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । प्रमुख आयुक्त अहिले घरमै आइसाेलेसनमा बसिरहेका छन् । अख्तियारमा मात्र ५० जना भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ । मंगलबार थप ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएसँगै मृतककाे संख्या ८३ पुगेकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएकाे छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले मंगलबार धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिए । यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना काेराेना संक्रमण मुक्त भएर घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६६४ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १६ हजार ४९३ पुग्याे

कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १६ हजार ४९३ पुग्याे

स्वास्थ्य
काठमाडौं । पछिल्लाे २४ घण्टामा थप १४० जना कोरोना संक्रमण मुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा हालसम्म १६ हजार ४ सय ९३ उपचारपछि निको भएका छन्। धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन् । त्यस्तै २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार ७ सय ३८ जना रहेका छन्। हालसम्म नेपालमा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे छ । साेमबार थप ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएसँगै मृतककाे संख्या ७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा काठमाडौंका २ जना साथै बाँके र पर्साका एक/एक जना रहेका छन् । काठमाडौं जिल्ला का.म.न.पा. १०, मध्य बानेश्वर वस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको छ । श्वास प्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई साउन २३ गते राती १०ः१५ बजे भेन्टीलेटरमा राखी आइ सियुमा उपचाररत रहेका छन्। निजमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या रहेको थियो। निजको गत साउन २४ गते स्वाव संकलन गरी परिक्षण गर्दा आज साउन २६ गते कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं जिल्ला किर्तिपुर न.पा. ट्याडलाफांट वस्ने ६४ वर्षिय एक पुरुषको मिति...
काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । सोमबार काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ। सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ। साथै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।...
थप ३३८ जनामा संक्रमण पुष्टि, १४० जना डिस्चार्ज, मृतककाे संख्या ७९ पुग्याे

थप ३३८ जनामा संक्रमण पुष्टि, १४० जना डिस्चार्ज, मृतककाे संख्या ७९ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे छ ।...
उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो । पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
भारतले बनायो कोरोना भ्याक्सिन, १५ अगस्टमा लन्च हुँदै

भारतले बनायो कोरोना भ्याक्सिन, १५ अगस्टमा लन्च हुँदै

स्वास्थ्य
काठमाडौं। छिमेकी भारतमा कोरोना सङ्क्रमणविरुद्धको भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने समाचार त्यहाँको पुरानो सञ्चारगृह नवभारत टाइम्सले प्रकाशित गरेको छ। उक्त दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँछ र सोही दिनदेखि आफूलाई कोरोनामुक्त घोषित गर्ने सम्भावनाको तयारी समेत गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ। यो भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड (बीबीआईएल)सँग मिलेर बनाएको हो। आईसीएमआरले बीबीआईएलसँग मिलेर बनाएको उक्त भ्याक्सिनको नाम ‘बीबीभी१५२’ कोभिड भ्याक्सिन राखिएको छ। यसको क्लिनिकल ट्रायलपछि १५ अगस्टमा लन्च हुन सक्ने आईसीएमआरले जानकारी दिएको छ। यसलाई सकेसम्म चाँडो प्रयोगमा ल्याउनका लागि आईसीएमआरले सम्बद्ध पक्षसँग पत्राचार गरिसकेको छ। आईसीएमआरले बीबीआईएललाई लेखेको पत्रमा भनिएको छ- यो...
उपत्यकामा मात्रै ५३ काेराेना संक्रमित थपिए

उपत्यकामा मात्रै ५३ काेराेना संक्रमित थपिए

Featured, स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १, प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् । पछिल्लो २४ घन्टामा मुलुकभर ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।...
निगमका पाइलटसहित १३ कर्मचारीमा काेराेना संक्रमण

निगमका पाइलटसहित १३ कर्मचारीमा काेराेना संक्रमण

स्वास्थ्य
काठमाडौँ । नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो । निगमको संचालक समितिका एक सदस्यका अनुसार, एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यी चारसहित निगमका कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । यसअघि सोमबार र मंगलबार गरी नौं जनामा संक्रमण पुष्टि भइसकेको छ । यसैबीच निगमले बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट संक्रमितहरुलाई हेम्स अस्पतालमा सारेको छ । निगमको संचालक समितिका एक सदस्यका अनुसार, बलम्बुमा मंगलबारमात्रै सारिएका संक्रमितहरुले सेवा तथा सुविधामा गुनासो गरेपछि निगमले निजी अस्पतालमा सार्ने निर्णय गरेको हो । असार २८ सम्म उद्धार उडान तालिका भएको निगमले त्यसपछिका उडान स्थगन गर्ने निणर्य...