स्वास्थ्य

बाँकेमा २० जनालाई कोरोना संक्रमण पुष्टि

बाँकेमा २० जनालाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडाैं । बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। काेराेना भाइरस संक्रमण पुष्टि हुनेमा अन्य ५ जनामध्ये ग्लोबल आइएमइ बैंकका कर्मचारी पनि भएकाे भेरी अस्पताल, नेपालगञ्जले जनाएकाे छ । जानकी गाउँपालिकामा ३० गते ९२ जनाको स्वाव लिइएकाहरुमध्येबाट २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताइएकाे छ । स्थानीय प्रशासनले १७ गतेदेखि जारी गरेको निषेधाज्ञा ३० गते हटाएपनि भीडभाड हुन दिएको छैन । सवारी साधनलाई जोर, बिजोर गरी सञ्चालन गरिएको छ। जानकी गाउँपालिकाले आज राती १२ बजेदेखि लागु हुने गरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।...
कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ७७ पुग्याे

कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ७७ पुग्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा शुक्रबार थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार कुल संक्रमितहरु मध्ये ६६.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । यसैबीच नेपालमा आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।...
धनुषाका एक जना कोरोना संक्रमितको मृत्यु

धनुषाका एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडाैं । नेपालमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् । श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको झाले बताए ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।...
काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा थप ५९४ मा संक्रमण पुष्टि, २४० जना डिस्चार्ज

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा थप ५९४ मा संक्रमण पुष्टि, २४० जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे छ ।...
रुपन्देहीका ११ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीका ११ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडाैं । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनीहरू सबैले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका थिए । बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए । योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।...
काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा काठमाडाैं उपत्यकाभित्र १२७ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् । देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।...
कपिलवस्तुका २ जनाको  बुटवलको कोरोना अस्पतालमा मृत्यु

कपिलवस्तुका २ जनाको बुटवलको कोरोना अस्पतालमा मृत्यु

स्वास्थ्य
काठमाडाैं । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तुका २ जनाकाे मृत्यु भएकाे छ । आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ । तेलीको स्वाबको पीसीआर परीक्षण अब गर्ने तयारी भएकाे बताइएकाे छ।...
औषधि विभागद्वारा रेमडिसिभिर औषधि दर्ता गर्न आलटाल, अवैध तरिकाले भित्रदै

औषधि विभागद्वारा रेमडिसिभिर औषधि दर्ता गर्न आलटाल, अवैध तरिकाले भित्रदै

स्वास्थ्य
काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर औषधी दार्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेमडिसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्तमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधि नेपालमा उत...
कसरी बढिरहेका छन् काेराेना संक्रमित?

कसरी बढिरहेका छन् काेराेना संक्रमित?

स्वास्थ्य
काठमाडाैँ । सरकारले साउन ७ गतेदेखि यातायात सेवामा जोरबिजोर प्रणाली हटाएको थियो। सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरिएको छैन। व्यापार, बैठक, भेटघाट भन्दै काठमाडौं आउनेहरूबाट संक्रमण फैलन पुगेको महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए। उनले भने, ‘सीमावर्ती जिल्लाबाट आएका व्यक्तिमा कोरोना संक्रमण बढी पाइएको छ।’ लकडाउन अवधिमा पनि पहुँचका भरमा पास बनाएर निजी र सार्वजनिक सवारी साधनबाट काठमाडौं भित्रिनेका कारण पनि संक्रमण बढेको हो। कतिपय एम्बुलेन्सबाट पनि आएका थिए। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार काठमाडौं भित्रिने नाकाहरूमा होल्डिङ सेन्टर बनाएर परीक्षण नगर्दा उपत्यका जोखिममा परेको हो। ‘होल्डिङ सेन्टरमा राखेर कोरोना पोजिटिभ देखिएकालाई अस्पतालको आइसोलेसन र नेगेटिभ देखिएका व्यक्तिलाई कोठामा जान दिने व्यवस्था गरेको भए यो जोखिम हुने थिएन’, उनल...