स्वास्थ्य

पीसीआर टेष्ट : नेगेटिभ आए होम आइसोलेन, पोजेटिभ आए के गर्ने?

पीसीआर टेष्ट : नेगेटिभ आए होम आइसोलेन, पोजेटिभ आए के गर्ने?

स्वास्थ्य
काठमाडौं । सरकारले काेराेना संक्रमितकाे १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । बुधवारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० औं दिनमा पीसीआर टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेसनमा बस्ने गरी घर पठाउन निर्देशन दिएकाे छ । यस्तै पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राखेर १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्न निर्देशन गरिएकाे प्रवक्ता गाैतमले जानकारी दिए । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले चेतावनी दिएकाे छ ।...
काठमाडाैं उपत्यकामा एकैदिन भेटिए यति धेरै कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा एकैदिन भेटिए यति धेरै कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...
कोरोनाबाट एकैदिन ११ जनाकाे मृत्यु, मृतककाे संख्या १७५ पुग्यो

कोरोनाबाट एकैदिन ११ जनाकाे मृत्यु, मृतककाे संख्या १७५ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको जानकारी दिए । मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा थप ३०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको गौतमले बताए ।...
थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा थप ८८५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।...
निजी मेडिकल कलेजहरूले पनि प्रयोगशाला सञ्चालन गर्न पाउने

निजी मेडिकल कलेजहरूले पनि प्रयोगशाला सञ्चालन गर्न पाउने

स्वास्थ्य
काठमाडौं । अब निजी मेडिकल कलेजहरूले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएसँगै निजी मेडिकल कलेजहरूले पनि प्रयाेगशाला सञ्चालन गर्न पाउने भएका हुन । कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । पीसीआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९) का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले बताए । पीसीआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।...
पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु जनाएको छ ।
नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीद्वारा राजीनामा

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीद्वारा राजीनामा

स्वास्थ्य
काठमाडाैं । विराटनगरकाे नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएकाे, पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग राखेका उनीहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन । तर व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक राजीनामा दिएका हुन । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा बुझाएको पुष्टि गरे । कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको थियाे ।...
साेमबार मृत्यु भएकी ७१ वर्षीया वृद्धामा कोरोना पुष्टि

साेमबार मृत्यु भएकी ७१ वर्षीया वृद्धामा कोरोना पुष्टि

स्वास्थ्य
काठमाडौं । सोमबार मृत्यु भएकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
स्वास्थ्यकर्मीको मनोवल गिर्ने काम नगर्न डाक्टर कार्कीकाे आग्रह 

स्वास्थ्यकर्मीको मनोवल गिर्ने काम नगर्न डाक्टर कार्कीकाे आग्रह 

स्वास्थ्य
काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् । निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवारसमेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उनले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरेका हुन् । डा. कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने भन्दै यसमा सबैले साथ र सहयोग दिन पनि आग्रह गरे । काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने दुर्व्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल कमजोर हुने पनि डा. कार्कीले बताए । उनले आगामी दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना नहुने समते अपेक्षा गरे । डा. कार्कीले नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको पनि बताए । उनले जनस्वास्थ...
काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी २३२ जना संक्रमित थपिएका छन् । यस्तै नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...