स्वास्थ्य

विश्व स्वास्थ्य संगठन भन्छ – जाडो यामसँगै कोरोना संक्रमण तीव्र हुन सक्छ

विश्व स्वास्थ्य संगठन भन्छ – जाडो यामसँगै कोरोना संक्रमण तीव्र हुन सक्छ

स्वास्थ्य
कोपनहेगन । जाडो याममा कोरोना भाइरस संक्रमण अझ तीव्र हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा. हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन्। निर्देशक डा. क्लगले युरोपमा जाडो यामसँगै कोरोनाबाट युवा जमात् बढी संक्रमित हुने सम्भावना रहेको बताएका हुन्। उनले युवाहरू जाडो याममा पाका मानिससँग नजिक सम्पर्क आउन सक्ने जसका कारण संक्रमणको स्थिति झन जटिल तथा भयावह हुन सक्ने बताएका छन्। ‘हामी अनावश्यक भविष्यवाणी गर्न त चाहँदैनौँ’, निर्देशक डा. क्लगले भने, ‘तर जाडो याममा पक्कै बढी मानिस अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने सम्भावना रहेको छ।’ उनले मृत्युदर वृद्ध उमेरमा बढी देखिएका युवालाई नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्। ‘यसबाट वयस्क मानिसको ज्यान जाने अवस्था छ भन्ने चाहिँ होइन’, उनले भने, ‘तर यो टोर्नाडो जस्तै...
कोरोना संक्रमितको मृत्यु भएपछि नागरिक अस्पताल बन्द

कोरोना संक्रमितको मृत्यु भएपछि नागरिक अस्पताल बन्द

स्वास्थ्य
भक्तपुर । कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिइन । आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले बताइन् । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए । अस्पतालका निर्देशक श्रेष्ठले भने, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्व...
वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

स्वास्थ्य
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ । मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पीसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ । कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णय अनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्त...
नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या २० हजार नाघ्यो

नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या २० हजार नाघ्यो

स्वास्थ्य
काठमाण्डाै । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेकाे संख्या २० हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा ५६९ जना निको भएसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश नम्बर १ मा एक हजार चार सय ९१ जना, प्रदेश २ मा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट बिहीवार ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित ५ जना महिलासहित थप ८ जनाको मृत्यु भएको जानकारी दिए । प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् । त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।...
५ थुनुवालाई कोरोना संक्रमण

५ थुनुवालाई कोरोना संक्रमण

स्वास्थ्य
मकवानपुर । मकवानपुरमा प्रहरी हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ५९ र ३० वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पाँचजना थुनुवासहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।थुनुवा ५ जना नै लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।...
बाँकेमा थप ५१ सेनामा देखियो कोरोना

बाँकेमा थप ५१ सेनामा देखियो कोरोना

स्वास्थ्य
काठमाडाैं । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको महासेनानी नकुल थापाले जानकारी दिए। महासेनानी थापाका अनुसार हालसम्म उक्त शिक्षालयका ८१ जना जवानहरूमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमित सबै प्रशिक्षार्थीहरू रहेको थापाले बताए। दाङबाट आएका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा ती संक्रमितहरू फेला परेको थापाले जानकारी दिए। कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना नेपाली सेनाका जवानहरूमा संक्रमण फेला परेको थियो। त्यस्तै, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण फेला परेको छ।...
स्वास्थ्यकर्मीमाथिकाे दुर्व्यवहार बन्द नगरे अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउन सक्छ : डा. जोस भान्देलार

स्वास्थ्यकर्मीमाथिकाे दुर्व्यवहार बन्द नगरे अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउन सक्छ : डा. जोस भान्देलार

स्वास्थ्य
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलिएरले काेराेना संक्रमणकाे दाेष स्वास्थ्यकर्मीलाई लगाउन नहुने बताका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायबारे बुधबार कुरा गर्दै डा. भ्यानडिलिएरले काेही कसैकाे पनि आफूलाई काेराेना संक्रमण होस् भन्ने चाहाना नहुने भएकाले स्वास्थ्यकर्मीलाई दोष लगाउन नहुने बताए । आफू जोखिममा रहेर पनि नियमित रूपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने उनकाे भनाइ छ । विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनले बताए । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरू रोगको उपचारका लागि स्वास्थ्यर्मी नै चाहिन्छ।’ भाइरस थुकलगा...
बुटवलका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि

बुटवलका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
बुटवल । रूपन्देहीकाे इलाका प्रहरी कार्यालय बुटवलमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ । १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका थिए । थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको बताइएकाे छ ।...
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा गरिएकाे छ  । उनको ठाउँमा प्रदेश नं १, आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका दामोदर रेग्मी आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । शासन महाशाखा प्रमुख विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ।...