स्वास्थ्य

काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुग्याे

काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुग्याे

स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २० हजार २४२ पुगेकाे छ । आज थप १६९ जना काेराेना भाइरसलाइ जितेर घर फर्किएसँगै नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालउले जनाएकाे छ । अहिलेसम्म नेपालमा ३६ हजार ४५६ जनालाइ काेराेना संक्रमण भएकाे छ । जसमध्य २० हजार २४२ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म मृत्यु हुनेकाे संख्या १९५ रहेकाे मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए ।...
हुम्ला र मुस्ताङमा एक जना पनि कोरोना संक्रमित छैनन्

हुम्ला र मुस्ताङमा एक जना पनि कोरोना संक्रमित छैनन्

स्वास्थ्य
काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमण मुक्त बनेका छन् । मुस्ताङ र हुम्लामा एक जना पनि काेराेना संक्रमित नरहेकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै, नेपालमा शुक्रवार थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।...
थप ३ वटा अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी

थप ३ वटा अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी

स्वास्थ्य
काठमाडौं । सरकारले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरेको थियो । मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार बेड, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड तथा स्थानीय पालिका तहमा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गरिएको जनाएको छ ।...
कोरोनाबाट एकैदिन ४ महिलासहित १२ जनाकाे मृत्यु

कोरोनाबाट एकैदिन ४ महिलासहित १२ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्यु भएकामध्ये ४ जना महिला र ८ जना पुरुष रहेका मन्त्रलयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार मोरङका ५६ र ६५ वर्षीया दुइ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिलाहरूकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । त्यस्तै मृत्यु हुने पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।...
काठमाडौं उपत्यकामा ४१५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४१५ जना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना काेराेना संक्रमण पुष्टि भएकाे छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर ९२७ जना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिए ।...
थप ९२७ जनामा संक्रमण, १६९ जना डिस्चार्ज, १२ जनाकाे मृत्यु पुष्टि

थप ९२७ जनामा संक्रमण, १६९ जना डिस्चार्ज, १२ जनाकाे मृत्यु पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ९२७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १९५ जनाको मृत्यु भएको छ ।...
काठमाडाैं उपत्यकाका २ सय पत्रकारको स्वाव संकलन

काठमाडाैं उपत्यकाका २ सय पत्रकारको स्वाव संकलन

स्वास्थ्य
काठमाडौं । काठमाडाैं उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो । पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ ।...
चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार चितवनमा दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । भरतपुरको पुष्पाञ्जली हस्पिटलमा एक पुरुष र चितवन मेडिकल कलेजमा एक महिला गरी दुई जनाको मृत्यु भएको हो। भरतपुरस्थित पुष्पाञ्जली हस्पिटलमा उपचारको क्रममा भरतपुर भितवनका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ ५ गते अस्पताल पुगेको थिए। उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले भेन्टिलेटरको सहायतामा उपचार गर्दै आएको थियो। त्यस्तै, चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिकाकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ। स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेकी महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालले आइसियमा राखेर उपचार गर्दै आएको थियो। दुई वटै अस्पतालले विज्ञप्ति जारी गर्दै उनीहरुको मृत्यु भएको पुष्टि गरेका छन्। यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुन...
विनोद चौधरीलाई कोरोना संक्रमण

विनोद चौधरीलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । https://twitter.com/BinodKChaudhary/status/1299243535380762636
सुरक्षा निकायका १६ सय जनामा कोरोना संक्रमण

सुरक्षा निकायका १६ सय जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौँ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा एक हजार ६३३ जनामा सङ्क्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छ...