रोचक

७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

एजेन्सी । भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको घटनाको बारेमा अहिले भारतभर चर्चा भइरहेको छ । तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग हराएपछि घटनाले व्यापक चर्चा पाएको हो। घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतकले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले जनाएका छन् । यद्यपि भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ । १० मार्चको रातिदेखि दुवै गाउँमा देखिएका छैनन् । एकै रात महिला र किशोर हराएपछि गाउँमा भने हल्ला फैलिएको छ ।…
Read More
दुई फिटका युवकलाई बेहुली चाहियो, पुलिससँग सहयोग माग्दै

दुई फिटका युवकलाई बेहुली चाहियो, पुलिससँग सहयोग माग्दै

एजेन्सी । विवाह गर्ने उमेर पुगेका अधिकांश वयष्क पुरुषको इच्छा राम्रो बेहुली होस् भन्ने नै हुन्छ । परिवार बनाउने मनस्थितीमा पुगेपछि विवाह गर्ने बेहुली नै नपाउँदा ति पुरुषलाई कस्तो हुन्छ होला ? एउटा यस्तै किसिमको अनौठो घटना भारतको उत्तर प्रदेशमा देखिएको छ । विवाह गर्ने उमेर पुगेका एक युवकले विवाह गर्ने युवती नपाएपछि पुलिससँग दुलही खोजी गरिदिन गुहार मागेका छन् । उनको कद सामान्य मानिसको भन्दा धेरै कम छ, जसका कारण उनलाई विवाह गर्नका लागि युवती नपाइएको हो । उनीसंग बेहुली बन्न कोही तयार नभएपछि पुलिस थाना पुगेर कोही पनि केटी नभेटेको भन्दै सहयोग गरिदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका…
Read More
पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. कमिलाका प्रजाति बेलायतभर जति प्रजातिका कमिला पाइन्छन् त्यति प्रजाति या ४३ प्रजातिका कमिला ब्राजिलमा रहेको अमेजन जङ्गलको एउटै रुखमा पाइन्छ । २. २४ वर्ष यदि १ मिनेटमा १ मिटर गहिरो खाल्डो खन्दै जाने हो भने पृथ्वीको अर्कोपट्टी निस्कन २४ वर्ष लाग्छ । ३. सानो र ठूलो हाड मानिसको शरीरमा रहेको सबैभन्दा सानो हाड स्टर अपलाई मानिन्छ । यसको लम्बाइ ३ मिलिमिटर मात्र हुन्छ र यो कानभित्र हुन्छ । सबैभन्दा ठूलो हाडचाहिँ तिघ्राको हाडलाई मानिन्छ । यो १८ इन्चसम्म लामो हुन्छ । ४. रुखको बचावट यदि हामीले संसारभरका ७५% कागजलाई Recycled गर्ने हो भने वार्षिक रुपमा ३ करोड ५० लाख…
Read More
अन्तरीक्षमा खुल्दैछ पहिलो होटल

अन्तरीक्षमा खुल्दैछ पहिलो होटल

एजेन्सी । वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका हुन्छन् । कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती बसाल्ने योजना। यदि तपाईं तारा जुनको बीचमा खानपिन तथा मस्ती गर्ने सपना देख्नुहुन्छ भने अब त्यो पनि टाढा छैन । किनकि सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधासम्पन्न होटल खुल्नेछ । उक्त होटलको नाम भोएजर क्लास स्पेस स्टेशन राखिनेछ । चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले सन् २०२७ सम्म अन्तरीक्षमा बनाउने एक होटलको नमुना शेयर गरेको छ । उक्त होटलको निर्माण कार्य सन् २०२५ बाट सुरु हुने बताइएको छ र त्यसको २ वर्षमा निर्माणकार्य पूरा हुनेछ । अन्तरीक्षको उक्त होटेललाई…
Read More
अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’

अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’

एजेन्सी । अमेरिकाको शहर पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए । द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन् । भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन् । यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो । हिलका साथीले उनलाई उनले एउटा अस्वाभाविक चरा देखेको बताएकी थिइन् । सुरुमा हिलले उक्त चरा लूसिस्टिक होला…
Read More
सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप

सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप

एजेन्सी। बलिउड नायिका सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप आरोप लागेको छ । केरलमा छुट्टी मनाइरहेकी सनी लियोनीलाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । भारतीय मिडियाका अनुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् । सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् । तर, उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो । खबरलाई विश्वास गर्ने हो भने सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो ।…
Read More
नयाँ अध्ययन भन्छ – कोरोनाले वीर्यमा क्षति गर्नसक्छ

नयाँ अध्ययन भन्छ – कोरोनाले वीर्यमा क्षति गर्नसक्छ

एजेन्सी । कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको प्रजनन् सम्भाव्यतामा क्षति पु¥याउने पहिलो सिधा प्रमाण फेला पारेको छ।’ यद्यपि, अन्य विज्ञहरुले यसको निष्कर्षबारे तत्कालै शंका व्यक्त गरेका छन् । उनीहरुले अध्ययनको निष्कर्षलाई अति सामान्यीकरण गरेर प्रस्तुत गरिएको भन्दै औँला उठाएका छन् । ‘म उनीहरुको यस तथ्यप्रतिको व्याख्याप्रति औला उठाउन चाहन्छु । उदाहरणका लागि, लेखकहरुले उनीहरुको तथ्याङले ‘कोभिड १९ संक्रमणले पुरुषको प्रजनन् क्षमतामा ठूलो क्षति पु'-याउने’ भनेका छन् । जबकी, अहिलेसम्म…
Read More
कलेज भर्ना हुन ब्वायफ्रेण्ड अनिवार्य !

कलेज भर्ना हुन ब्वायफ्रेण्ड अनिवार्य !

काठमाडौं । भारतको एक कलेजले जारी गरेको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाईरल भएको हो । सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अनौठो छ । त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ । ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ । सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ । छात्राहरुको सुरक्षाको…
Read More
एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

एजेन्सी । बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ । ३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन । डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई…
Read More
१२ वर्षका बालबालिकासँग यौनलाई स्वीकृति, सम्बन्धविच्छेद अवैध ! अब फेरिँदैछ कानुन

१२ वर्षका बालबालिकासँग यौनलाई स्वीकृति, सम्बन्धविच्छेद अवैध ! अब फेरिँदैछ कानुन

काठमाडौं। निश्चित उमेर नपुगेका बालबालिकासँग सहमतिमै राखिएको यौन सम्बन्ध पनि बलात्कार मानिन्छ । नेपालमा यौन सम्बन्धको लागि सहमत हुन कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्छ । अर्थात १८ वर्ष नपुगेका कसैसँग पनि राखिएको यौन सम्बन्ध बलात्कार ठहरिन्छ चाहे त्यो सहमतिमै भएको किन नहोस् । केही देशहरुमा यो उमेर २० वर्ष वा सोभन्दा बढी पनि तोकिएको छ । तर, फिलिपिन्समा भने १२ वर्ष उमेर पुगेपछि सहमतिमा यौनसम्बन्ध राख्न पाइन्छ र यसलाई अपराध मानिँदैन । अब भने फिलिपिन्सले यो उमेरको सीमालाई परिमार्जन गरेर नयाँ कानुन बनाउने तयारी गरेको छ । बाल अधिकारकर्मीहरुले यौनको लागि सहमति दिने उमेर र बालबालिकामाथि हुने यौन अपराधको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.