घुम्न जाने भनेपछि रातभर निन्द्रा लाग्दैन !
- बुनु पोखरेल मान्छे विभिन्न प्रयोजनले घुम्छन् । म अर्को जिन्दगी बाँच्न घुम्छु । घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो । फरक जिन्दगी मेरो पहिचान हो । पहिचानमुुखी जिन्दगीलाई सुन्तुुष्टि दिलाउनुु सक्नुुभनेको आफैमा लामो आयुु बाच्नुु हो । एउटा भनाईबाट सुुरु गर्छु, तिमि बाँच, तिमि खुुशि हौं तिमिसँग सबथोक छ, तर तिमिले चौका र आँगनमात्र देखेको छौ भने त्यो तिम्रो कमजोरी हो । मलाईमाथिको भनाई बेला बेला तान्ने गर्छ । चुलो चौका मात्र होइन नदी, खोला नाला प्रकृतिको अनुप सौन्दर्यको रसपान पनि जिन्दगाी हो । भोको रोटीसँग तुलना गर्न मन लाग्छ मलाई प्रकृति । जसरी भोकाएको ब्यक्तिले रोटि देख्छ उसको…