राजनीति

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् । मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् । उनले सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।...
चिनियाँ दलाल भन्दै उपेन्द्र यादवको पुत्ला दहन

चिनियाँ दलाल भन्दै उपेन्द्र यादवको पुत्ला दहन

राजनीति
राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दूको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । त्यसैगरी जनकपुरमा अभियानका अभियन्ता अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । दुवै स्थानमा अभियानका अभियन्ताहरुले निकालेको र्यालीमा चिनियाँ दलाल मुर्दावाद, उपेन्द्र यादव-प्रचण्डको दलाल, प्रदेश २ मा तिब्बतीकरण बन्द गर, प्रदेश २ मा इस्लामीकरण बन्द गर र उपेन्द्र यादव चिनियाँ दलाल भन्दै प्रदर्शन गरेका थिए । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्य...
मुख्यमन्त्रीले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको यादवको आरोप

मुख्यमन्त्रीले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको यादवको आरोप

राजनीति
सप्तरी । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रदेश नम्वर २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएर प्रदेशलाई तालिवान बनाउन लागेको आरोप लगाएका छन् । सोमबार राजविराजमा राष्ट्रिय एकता अभियान सप्तरीले विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान तथा संघीय हिन्दु गणतन्त्र विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए । उनले भने जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए । प्रदेश नम्बर २ मा मदरसा विधेयक ल्याएर तालिवान बनाउने योजनामा प्रदेश सरकार रहेको उनले बताए । नेपाल सरकारले शिक्षामा उच्च लगानी गरी सरकारी विद्यालय सञ्चालन गरेको र त्यहाँ पढ्नमा कुनै पनि भेदभाव नभएको कारण मदरस...
जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छः गृह मन्त्रालय

जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छः गृह मन्त्रालय

राजनीति
काठमाडौँ । गृह मन्त्रालयले निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ । मन्त्रालयले कसैको बहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मौतीपूर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । मन्त्रालयले संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ । विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको ...
गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

Featured, राजनीति
गण्डकी । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्...
प्रदेश १ मा विश्वासको  मत छलेर धमाधम राजनीतिक नियुक्ति

प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति

Featured, राजनीति
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे । प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई,उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो । प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएकाे छ । जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन् । प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएकाे छ । जसकाे उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर ...
देउवालाई प्रकाशमानले भने, ‘आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्याल ख्याल नसोच्नुस्’

देउवालाई प्रकाशमानले भने, ‘आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्याल ख्याल नसोच्नुस्’

राजनीति
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने बताए । कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, 'झन्डै दुईतिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्‍यो? विधि नमाने, कानुनभन्दा माथि बसे, मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरियो ।' ओली सरकार असफल किन भयो भन्ने नबुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको बताए । उनले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले ज...
लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद, कसले कुन मन्त्रालय पाए ?

लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद, कसले कुन मन्त्रालय पाए ?

Featured, राजनीति
बुटवल । लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद् बनेको छ । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा छ मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् । आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो । को–को भए मन्त्री ? नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् । एकीकृत सम...
प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त ‘सेड्युल’

प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त ‘सेड्युल’

Featured, राजनीति
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा आउँदैछन् । उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन् । दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्। देउवा आइतबार पोखरामै बस्नेछन् । सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।...
आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

Featured, राजनीति
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् । दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ। प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघकाे सत्ता गठबन्धनकाे तय...