मन्त्री नबनाएको भन्दै उपेन्द्रको जताततै पुत्ला दहन हुन थालेपछि सांसद प्रदिप यादवले खोले मुख
वीरगंज : जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले पार्टीलाई आगामी दिनमा विगतझैँ एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए पनि आफू पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष गरेका हुन् ।
उनले पार्टी भित्रै संघर्ष गरी नेतृत्व पङ्क्तिलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु,यो पार्टी मेरो लागि घर हो,नेता कार्यकर्ता इँटा,सिमेन्ट र छठ जस्तै जस्तै सब सँग मिलेर निर्माण गरेका हुँ,,’उनले भने,‘केही राजनीतिक दलका नेताहरूले भनिरहेका छन्, प्रदीप यो पार्टीमा गइरहेको छ,त्यो पार्टीमा गइरहेको छ,तर त्यो सबै भ्रम छर्ने काम मात्र हो ।’
उनले कार्यक्रममा आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका क...








