राजनीति

चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

Featured, राजनीति
काठमाडौं - भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । उनीहरु भारतहुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षि नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । ‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् । गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित ...
चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

Featured, राजनीति
काठमाडौं - राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका अध्यक्ष विनय यादवले शुक्रवार काठमाडौंस्थित युरोपियन युनियनको कार्यालयमा पुगेर नेपालका लागि युरोपियन डेलिगेसनका सह-प्रमुख स्टेफन मैकानलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्। नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उक्त ज्ञापनपत्र बुझाएको बताइएको छ। ज्ञापनपत्रमा भनिएको छ, 'एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। अभियानले चीनसँगको नेपालको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई भूमिका खेलिदिन आग्रह गदैछौं।' ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र ...
चुनावी तालमेलका विषयमा कांग्रेसभित्र विवाद : संस्थापन पक्षमा, इतर विपक्षमा

चुनावी तालमेलका विषयमा कांग्रेसभित्र विवाद : संस्थापन पक्षमा, इतर विपक्षमा

Featured, राजनीति
काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन । कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा। शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर...
कांग्रेसको बोलीप्रति माओवादीका नेताहरुको असन्तुष्टि, ‘हात्तीको कानमा चमेराको बास’

कांग्रेसको बोलीप्रति माओवादीका नेताहरुको असन्तुष्टि, ‘हात्तीको कानमा चमेराको बास’

राजनीति
काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो । माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ । तर कांग्रेसका उपसभापत...
प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीबीच विवाद: स्वार्थ र ग्रुपिज्मको सिकार बन्दै संघीय निजामती ऐन

प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीबीच विवाद: स्वार्थ र ग्रुपिज्मको सिकार बन्दै संघीय निजामती ऐन

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबीच केही महत्वपूर्ण सैद्धान्तिक पक्षमा विमति हँुदा संघीय निजामती सेवा ऐन निर्माण प्रक्रिया अवरुद्ध बनेको छ । मन्त्री श्रेष्ठले यसअघि तयार पारिएको विधेयकमा भएका प्रावधानलाई नै समेटेर पुन नयाँ विधेयक तयार पार्न खोजे पनि प्रधानमन्त्री देउवाले पुराना प्रावधानलाई हटाएर नयाँ सिराबाट विधेयकको मस्यौदा तयार पार्नुपर्ने अडान राखेपछि मन्त्री श्रेष्ठ ब्याक भएको बताइएको छ । यसअघि प्रतिनिधि सभाको राज्यव्यवस्था समितिले विवादका बीच संघीय निजामती सेवा विधेयक संसद्मा पेस गरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा सो सरकार र राज्यव्यवस्था समितिका पदाधिकारीबीच समेत विधेयकमा रहेका कतिपय प्रावधानमा विवाद उत्पन्न भएको थियो । राज्यव्यवस्था समितिले संसद्मा पेस गरेको सो विधेयकमा सरकारको गम्भीर...
प्रचण्डलाई हजार जिब्रा भएको शेषनागको संज्ञा दिंदै ओलीले भने–कंग्रेसको बुढो रुख विस्तारै ढल्दैछ

प्रचण्डलाई हजार जिब्रा भएको शेषनागको संज्ञा दिंदै ओलीले भने–कंग्रेसको बुढो रुख विस्तारै ढल्दैछ

Featured, राजनीति
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति कटाक्ष गर्दै कंग्रेसको बुढो रुख विस्तारै ढल्ने बताएका छन् । उनले चुनाव चिह्नमा हरियो रङ राख्दैमा कांग्रेसको रुख हरियो नहुने टिप्पणी समेत गरे । अध्यक्ष ओलीले कांग्रेसलाई ‘सुख्खा परेको बाँझो खेत’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘हजार जिब्रा भएको शेषनाग’ भएको संज्ञा दिएका हुन् । एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गरेका हुन् । उनले भने–‘कांग्रेसको बुढो रुख बिस्तारै ढल्दैछ अब हरियो हुनेवाला छैन । तर बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्ने निर्णय गरेको छ ।’ ओलीले भने–‘पुष्पकमल दाहाल दुई जिब्रे होइन, हजार जिब्रा भएका शेष नाग हुन् । बिहानदेखि रा...
क्वाडको बैठकमा  चीनलाई चेतावनी

क्वाडको बैठकमा चीनलाई चेतावनी

राजनीति
काठमाडौं – हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए । ‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति हाम्रो प्रतिबद्धताबारे मैले क्वाडका नेताहरु अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री किसिडा फुमियोसँग भेट गरेँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले बैठकलगत्तै ट्वीट गरे । क्वाडका नेताहरूले उक्त बैठकमा युक्रेनमा जे भइरहेको छ त्यसलाई हिन्द प्रशान्त क्षेत्रमा दोहोर्‍याउन नदिने सहमति गरेको जापानी प्रधानमन्त...
एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

Featured, राजनीति
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको स्रोतले बताएको छ । नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो । एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । एमसीसी सम्झौ...
राष्ट्रियसभाका यी २० सांसदको पदावधि आजबाट सकिँदै

राष्ट्रियसभाका यी २० सांसदको पदावधि आजबाट सकिँदै

Featured, राजनीति
काठमाडौं । विसं २०७४ सालमा निर्वाचित भएर चार वर्षे कार्यकालमा परेका राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिँदैछ । आजबाट विदा हुनेहरुमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । यस्तै, कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ । यसैगरी, नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभावाट आजै बिदा हुनेछन् । रिक्त पदका लागि निर्वाचित भइसकेको छ।...
‘व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन’

‘व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन’

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याल्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सो निष्कर्ष निकालेको हो । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबार र बिहीबार बसेको थियो । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायम रहेको विज्ञप्तिमा जनाइएको छ । राप्रपाको कार्यसमिति बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । बैठकले अध्यक्ष राजेन्द्र लिङदेनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।...