राजनीति

ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

राजनीति
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लाेकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए । उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन । तर, मुद्दाको टुंगाे लागेकाे छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेकाे तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।...
विनविन पोजिसनमा गठबन्धन हुनसक्छ : कांग्रेस प्रवक्ता महत

विनविन पोजिसनमा गठबन्धन हुनसक्छ : कांग्रेस प्रवक्ता महत

राजनीति
नेपालगञ्ज - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।' उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए । उनले नेपाली कांग्रेसका कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए । 'गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छै...
लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

Featured, राजनीति
बुटवल - आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिएकी छन्। निवेदनमा उनले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गरेकी छन् । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रदेशमा देखिएको विवादका कारण जसपाका दुई खेमाका नेता आपसमा टाढिएका छन् । कुलप्रसाद केसीको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा जसपाबाट सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त भएकी थिइन् । तर, अहिले भने जसपाकी नेतृ रुपा थापा क्षेत्रीले रायमाझीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरी आफ्नो नाम समावेश गर्न माग गरेकी छन् । लुम्बिनी प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा आफ्नो नाम रहेको र सर्वोच्च अदालतको आदेशपछि पनि रायमाझीलाई पदमुक्त नगरिएको भन्दै ...
प्रचण्ड पाेखरा प्रस्थान

प्रचण्ड पाेखरा प्रस्थान

राजनीति
काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गण्डकी प्रदेशको राजधानी पोखरा गएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन् । प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए । प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन् । प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन् ।...
प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमालेले गर्‍यो अनिश्चितकालीन जिल्ला बन्द घोषणा

प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमालेले गर्‍यो अनिश्चितकालीन जिल्ला बन्द घोषणा

राजनीति
रौतहट- नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् । गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुली जाँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुली जाँदै

राजनीति
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन् । नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिन्धुली जान लागेका हुन् । अध्यक्ष प्रचण्डले एक विद्यालयको भवनकमो समेत उद्घाटन गर्ने कार्यक्रम छ। अध्यक्ष प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम छ। भवन उद्घाटनपछि अध्यक्ष प्रचण्डले आजै सिन्धुलीका उद्योगी व्यापारीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।...
‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?’

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?’

राजनीति
काठमाडों । आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार राजपत्रमा प्रकाशित भएको निर्वाचन आचारसंहिता २०७९ प्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शुक्रबार बिहानै असन्तुष्टि व्यक्त गरेका हुन् । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहितामा जनप्रतिनिधिहरू उम्मेदवार हुने भए मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ । उपमहासचिव रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरेका छन् । उनले भनेका छन्-‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका “प्रधामन्त्री”-पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ...
जनप्रतिनिधिले अग्रिम राजीनामा दिनुपर्ने प्रावधान पूर्वाग्रही र हास्यास्पद : रिजाल

जनप्रतिनिधिले अग्रिम राजीनामा दिनुपर्ने प्रावधान पूर्वाग्रही र हास्यास्पद : रिजाल

Featured, राजनीति
काठमाडाैं - नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेकाे बताएका छन् । 'के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री-मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो,' उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । उनले अगाडि भनेका छन्, 'स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।' स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ । निर्वाचन आयोग...
संसद् अधिवशेन अन्त्य भएसँगै प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र

संसद् अधिवशेन अन्त्य भएसँगै प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध दर्ता भएको महाअभियोग अलपत्र परेको छ । गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि छलफल नहुँदै र संसद् अधिवशेन अन्त्य भएसँगै अन्योल बनेको हो । महाअभियोग विषयमा बुधबारबाट प्रतिनिधिसभामा छलफल हुने भनिए पनि सरकारले संसद् अधिवेशन अन्त्य गरेकाले अब यो विषय लम्बिने भएको छ ।सरकारले मंगलबार मध्यरातबाटै दुवै सदनको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग लम्बिने निश्चित भएको हो । संसद् महाभियोग समितिमा प्रस्ताव पुग्न नपाएकाले अब यो विषय अलपत्र पर्ने अवस्थामा पुगेको संविधानविद्को भनाइ छ । गठबन्धन सरकारमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदले गत १ फागुनमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता गराएका थिए । सो प्रस्ताव २९ फागुनमा संसद्मा पेस गरिएको थियो । राजधान...
‘चीनले नेपालको भूमि अतिक्रमण गरेको छ’

‘चीनले नेपालको भूमि अतिक्रमण गरेको छ’

Featured, राजनीति
काठमाडौँ – सेप्टेम्बर २०२१ मा गरिएको अनुगमन पश्चात तयार नेपाल सरकारको प्रतिवेदनले चीनले दुवै देशको साझा सीमाना हुँदै नेपालको भूमि अतिक्रमण गरेको उल्लेख छ । नेपालको सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले अतिक्रमण गरेको खबर आएपछि तयार पारिएको प्रतिवेदनमा चिनियाँ सेनाले नेपालको सीमा प्रहरीलाई धम्की दिएको समेत उल्लेख छ । प्रतिवेदनका अनुसार चिनियाँ सुरक्षा बलको निगरानी गतिविधिले नेपालतर्फ सीमावर्ती क्षेत्र लालुङजोङ भन्ने ठाउँमा धार्मिक गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ । चीनले नेपाली कृषकको गाईवस्तुलाई समेत चरनमा प्रतिबन्ध लगाएको प्रतिवेदन उल्लेख छ । चीनले सीमा स्तम्भ वरिपरि तारबार लगाएर नेपालको सीमानामा नहर र सडक निर्माण गर्न खोजेको पाइएको प्रतिवेदनमा स्पष्ट रूपमा लेखिएको छ । प्रतिवेदनले उक्त क्षेत्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाली सुरक्षा बल तैनाथ गर्न सरकारलाई सुझाव दिएको छ । अचम्म...