नेपालमा चीनको बढ्दो भूराजनीति र मिथ्या सूचना श्रृंखला
काठमाडौँ । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको चाइना रेडियो इन्टरनेशनलद्धारा संचालित नेपाली अनलाइन पोर्टल नेपाल डट सीआरआई डट सिएनको फेसबुक पेजमा २७ फ्रेबुअरी २०२२ मा पोस्ट गरिएको एउटा भिडियो छ, जसमा लालिमा नाम धारण गरेकी चिनियाँ संवाददाता नेपाली भाषामा नेपालले झण्डै रु. ६० अर्ब बराबरको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना पास गरे कसरी अमेरिकी सेनाले नेपाली भूमिमा बुट बजार्छ भन्ने आशयको ब्याख्यान दिइरहेकी छिन् ।
बुँदागत रुपमा नेपालका निम्ति एमसीसी किन घातक छ भन्दै लालिमा तर्क गर्छिन्, “नम्बर एक, एमसीसीको सहयोगबाट बन्ने सबै परियोजनालाई कर छुट दिनुपर्छ । यो भनेको यी परियोजना नेपालमा भएता पनि नेपाली सरकारसँग कर अधिकार छैन । दुई, एमसीसीका कारण नेपालमा काम गर्न आएका विदेशी कामदारले नेपाली कानून उल्लंघन गरेमा तिनलाई दण्डित गर्ने नेपालसँग अधिकार छैन । यस सम्बन्धमा जापान र दक्षिण कोरि...








