राजनीति

नेपालको भूमि आफ्नो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

नेपालको भूमि आफ्नो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

राजनीति
काठमाडौं । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भइरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिन्धुपाल्चोक जिल्लाको कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाइएपछि विरोध भएको हो। यता, नेपालकै कतिपय क्षेत्रसमेत चीनले आफ्नो नक्सामा समावेश गरेको भन्दै विरोध सुरु भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले हुम्लाको भागीदारे नदी क्षेत्रमा ६ हेक्टर र कर्णाली नदीको चार हेक्टर जमिन चीनले आफ्नो नक्सामा देखाएको आरोप लगाए। उनका अनुसार रसुवाको सान्जेन नदी, भुरजंग नदी र जम्बु खोलाको ६ हेक्टर जमिन तिब्बतको केरुङ क्षेत्रमा पारिएको छ भने सिन्धुपाल्चोकको खराने खोला र भोटेकोसी क्षेत्रको ११ हेक्टर जमिन तिब्बतको न्यालाम क्षेत्रमा पारिएको छ। गोरखाको रुई र तेघागाउँ तिब्बततिर पारिएको भन्दै उनले चीनको नयाँ नक्साको विरोध गरेका छन्। सङ्खुवासभाको पनि ९ हेक्...
तातोपानीमा चीनको ज्यादती बढ्याे, नाका बन्द गरेर भोटेकोशीको बहाब छेक्दै

तातोपानीमा चीनको ज्यादती बढ्याे, नाका बन्द गरेर भोटेकोशीको बहाब छेक्दै

राजनीति
काठमाडाैं । अहिले नेपालको उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित नक्सा निकै चर्चामा छ। चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भनेको छ र बेइजिङले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साइ चीनको विवादित ३० हजार वर्गकिलो मिटरभन्दा बढी क्षेत्रलाई चीनको हिस्सा बनाएपछि यसले थप विवाद सिर्जना भएको हो। किनकि चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा देखाइएको छ। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ले लेखेको छ, ‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमबार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ’ पद्धतिको आधारमा बनाइएको हो।’ तर स्मरणीय के छ भने चीनले उक्त नक्सा जारी गर्दा नेपालले ३ वर्ष पहिले जारी गरेको लिपुलेक काला...
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने अभियन्ताहरू प्रकाउ

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने अभियन्ताहरू प्रकाउ

राजनीति
काठमाडाैं । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादवसहित केही अभियन्ताहरूलाई प्रक्राउ गरिएको छ। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्दै संसद भवन बानेश्वर अगाडी प्रदर्शन गर्दागर्दै प्रक्राउ गरिएको हो । प्रदर्शनमा साहभागीहरूले गाैहत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे, संविधानकाे रक्षा गर, गाैवशंलाई हत्या गर्नेहरूमाथि कारवाही गर लगायतका नारा लगाएका थिए । अभियानले प्रधानमन्त्री प्रचण्ड गाै हत्याका मतियार रहेकाे आराेप लगाएको छ ।...
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने अभियन्ताहरू प्रकाउ

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने अभियन्ताहरू प्रकाउ

राजनीति
काठमाडाैं । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादवसहित केही अभियन्ताहरूलाई प्रक्राउ गरिएको छ। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्दै संसद भवन बानेश्वर अगाडी प्रदर्शन गर्दागर्दै प्रक्राउ गरिएको हो । प्रदर्शनमा साहभागीहरूले गाैहत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे, संविधानकाे रक्षा गर, गाैवशंलाई हत्या गर्नेहरूमाथि कारवाही गर लगायतका नारा लगाएका थिए । अभियानले प्रधानमन्त्री प्रचण्ड गाै हत्याका मतियार रहेकाे आराेप लगाएको छ ।...
चन्द्रयान-३ को सफलतामा पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई

चन्द्रयान-३ को सफलतामा पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई

राजनीति
काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् । ‘चन्द्र यान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु । मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं,’ पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र परर...
चन्द्रयान-३ को सफल अवतरणपछि ओलीले भने : पूर्वीय ज्ञानले सफलता हासिल गर्‍यो

चन्द्रयान-३ को सफल अवतरणपछि ओलीले भने : पूर्वीय ज्ञानले सफलता हासिल गर्‍यो

राजनीति
काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ‘आज भारतको चन्द्र यान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं,’ उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।...
चन्द्रयान-३ को सफल अवतरणका लागि भारतलाई देउवाको बधाई

चन्द्रयान-३ को सफल अवतरणका लागि भारतलाई देउवाको बधाई

राजनीति
काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ‘चन्द्रयान ३ को सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ,’ देउवाले उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।...
चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

राजनीति
काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । ‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो टोलीलाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् । यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि चन्द्रयान अवतरण गरेको बधाई दिएका छन् । ‘चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणका लागि हार्दिक बधाई ! यो हाम्रो मित्रराष्ट्र भारतका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगा पनि हो । जसले अन्ततः हाम्रो जीवनलाई अझ राम्रो बनाउन योगदान पुर्‍याउँछ,’ परराष्ट्रमन्त्री...
चिनियाँ गिरोहसँगको सम्बन्धले बदनाम बन्दै यी माओवादी नेता

चिनियाँ गिरोहसँगको सम्बन्धले बदनाम बन्दै यी माओवादी नेता

राजनीति
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको सुन तस्कर गिरोहसँग सम्बन्ध देखिए पनि केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई अभियुक्त बनाएन। गत पुस १० गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रोकिदिएको विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन छुटाउन महरा बाबुछोरा नै लागिपरेको अनुसन्धानमा खुलेको थियो। महराले केही दिनअघि गृहजिल्ला दाङमा भन्सारले रोकिदिएको सामान वैध नै रहेको ठानेर चासो देखाएको बताएका थिए। भेपभित्रको सुन चोरिएपछि सीआईबीले अनुसन्धान गर्दा तस्कर गिरोहसँग महराद्वयको सम्बन्ध पत्तो लागेको थियो। अभियोगपत्रमा प्रहरीले सुन पठाउने गिरोहका सदस्य भनिएका चिनियाँ नागरिक दाओजिन वाङ र भन्सार कर्मचारीसँग महराद्वयले गरेको फोन सम्पर्कको विवरण तालीका नै बनाएर समेटेको छ। सोही तालीका सार्वजनिक भएपछि महरा विवादमा तानिएका थिए। छोरा राहुलले ...
चिनियाँ नाका खुलाउन प्रधानमन्त्रीलाई १८ बुँदे मागपत्र पेश

चिनियाँ नाका खुलाउन प्रधानमन्त्रीलाई १८ बुँदे मागपत्र पेश

राजनीति
वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघले चिनियाँ नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पेश गरेको छ। कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको हो। कोरोना कालदेखि बन्द गएका उत्तरी चिनियाँ नाकाहरू अझै खुलेका छैनन्। निजी क्षेत्रले चीनसँग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भीर पहल थाल्नका लागि उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतका व्यवसायीहरूले आग्रह गरेका छन्। प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा संघले विभिन्न १९ बुँदे मागपत्र बुझाएको हो। उक्त मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्य...