ब्लक

देश संकटसँग जुझिरहेको बेला सरकार विलासी जीवनका लागि जिमखानादेखि गलैँचामा करोडौँ खर्च गर्दै

देश संकटसँग जुझिरहेको बेला सरकार विलासी जीवनका लागि जिमखानादेखि गलैँचामा करोडौँ खर्च गर्दै

देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला सरकार विलासी जीवनका लागि जिमखानादेखि गलैँचा फेर्नको लागि करोडौँ खर्च गर्न बोलपत्र आह्वान गरेको छ। महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्नकै लागि भने एक करोड खर्च गर्दै छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको स्रोतको भनाइ छ। राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार…
Read More
कोरोनाः मानवीय संकट र विश्वास

कोरोनाः मानवीय संकट र विश्वास

तारणी पोख्रेल एडेलेइड इटालीको उत्तरी क्षेत्र पीडमन्टबाट हुन्, जो मेरै विश्वविद्यालयमा मानव अधिकार र बहुसंस्कृतिवादको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी छिन्। इटाली भन्ने बित्तिकै कोरोना भाईरस (कोभिड –१९) माहामारीको यूरोप केन्द्रबिन्दु, जहाँ दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै छन् र सयौं मानिसहरु मरिरहेका छन्। हुन पनि, आजको इटाली अब हिजोको जस्तो नै पो कहाँ छ र। कताको हरदम पर्यटकको भिडले थामि नसक्ने ऐतिहासिक सभ्यता र संस्कृतिको धनी देश, कता अहिलेका कहालिलाग्दा सुनसान चोक, गल्ली र सडकहरु। रोगी र अशक्तहरुले भरिभराउ अस्पतालहरु। दैनिक आइरहने हृदय विदारक समाचारहरु। तै पनि, सँधैजसो हाँसिरहने, सबैसँग बोलिरहने एडेलेइडमा पहिले र अहिलेमा म खास भिन्नता पाउँदिन। उनी…
Read More
भाइरसबाट मात्र होइन भोकबाट पनि बचाउ

भाइरसबाट मात्र होइन भोकबाट पनि बचाउ

कल्पना खरेल आकासमा उड्ने पन्छीहरु खुल्ला संसारमा स्वतन्त्र उडिरहेछन् समुद्री सतह अथवा पानीमा रहने सम्पूर्ण जीव अर्थात् प्राणी पानीभित्रै साम्राज्य बनाएर रमाइरहेछन्। जङ्गलमा रहने प्राणी जाति सदा जङ्गलमै साम्राज्य बनाएर स्वतन्त्र छन्। तर हामी सर्वश्रेष्ठ विवेकशील मानिने मानवहरुलाई जन्जिरै जन्जिरले बाँधेर राखेको छ। त्यसमा पनि आजको बलवान् समयले हामीलाई घर भित्रै कैद गरिरहेछ। घर घरमा पिँजाडामा राखेको सुगा र एक्वरियममा राखेको माछा जस्तो थुनिएका छौँ। सामाजिक प्राणी मानिने हामी मानवजाति समाजदेखि नै अलग्याइदिएको छ। आज मानव मानवमै छुवाछुतको वातावरण सिर्जना भएको छ। माफ गर्नुहोस् म तपाईंको घर पनि जान्नँ, तपाईं मेरा घरमा पनि नआउनुहोस् भन्ने दिनको वातावरणसँग जुधिरहेछौँ। 'अतिथि देवो…
Read More
कोभिड–१९ ले मानवता फर्काउला ?

कोभिड–१९ ले मानवता फर्काउला ?

जनकप्रसाद पाण्डे ३० डिसेम्वर २०१९ मा चीनको हुवेई प्रान्तको उहान सेन्ट्रल हस्पिटलमा मानव ईतिहांसको १०० वर्ष यताको खतरनाक मानव विरोधी भाईरसको संक्रमणमा परेका विरामीहरुको उपचार भईरहेको थियो। यसबारेमा दुनियाँ बेखबर थियो। ३० डिसेम्वरको एका विहानै उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर उनलियानले वीच्याट मार्फत आफना साथीसँग उक्त भाईरस सम्वन्धी कुराकानी शेयर गरेका थिए। वीच्याटमा गरिएको कुराकानी सार्वजनिक भयो। र, कोभिड १९ बारे विश्व जानकार त भयो। तर, गम्भिर भएन। हुवेइ प्रान्तको उहान शहरको नजिकै रहेको फिस मार्केटबाट जनावरको मासु खाएका ७ जना मानिसहरुमा रोग देखिएको र संक्रमितहरुको उपचार भईरहेको समाचार प्रकाशित हुँदा चीनमा सन्नाटा मच्चिईसकेको थियो। बाँकी विश्व गम्भिर…
Read More
कोरोनाको ‘काल महिमा’बाट सिक्नु पर्ने पाठ

कोरोनाको ‘काल महिमा’बाट सिक्नु पर्ने पाठ

रवि अधिकारी हामीले दिन अघि मात्रै, झण्डै नौ हजार ज्यान सोत्तर पारेको (२०७२ सालको) भूकम्पको पांचौ वार्षिकी मनायौं। यो आपदाका हजारौ घाइते र लाखौं बेघरहरु बस्नलायक घर र ज्युनलायक जीवनमा फिर्नसक्ने बातावरण अझैपनि बन्न नसकेको अवस्थामै, टाउकामा झुण्डिएको नांगो तलवार जस्तो कोरोनाजन्य प्रलयले अब हाम्रामा कस्तो हाहाकार मच्चाउने हो, कल्पना समेत गर्न सक्ने अवस्था छैन। कोरोनाको विश्वव्यापी पहुंच र हालसम्म उपचार नपाईनुले पनि यो नेपालको त्यो भूकम्पभन्दा प्रलयकारी रूप धारण गरेर मानव सभ्यताको विनास गरेर हिंडेकोछ। नेपालको त के कुरो, विश्वकै महाशक्ति मानिएको अमेरिकालाई पनि यसले हावाकावा खेलाएको छ। मृतकहरुको संख्याको हिसाबले कोरोना विश्वका कुख्यात युद्धहरुको हाराहारिको नजिक त अझै…
Read More
सन्तोषराज सुवेदी मानव सभ्यताको विकाससँगै विश्वमा धेरै उथलपुथलहरु भइरहेका छन। विभिन्न कालखण्डमा मानव निर्मित वा प्राकृति विपत्तिकाे सामना विश्वले गरिरहेको छ। विश्वयुद्धदेखि ठूल्ठुला महाब्याधिहरुको सामना मानव जातिले गरे। विभिन्न विपत्तिको सामना मानव जातिले अझैं गरिरहेका छन्। गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (काेभिड-१९)महामारीको रुपमा विश्वभर फैलिएको छ। जनमानसमा गम्भिर आतंक र त्रास फैलाएको छ। अत्यन्तै सूक्ष्म जीवाणुको प्रभाव विश्वभर यो हदसम्म फैलन्छ भन्ने आँकलन सायदै कसैले गरेका थिए हाेलान्। २ सय भन्दा बढी मुलुक कोरोनासँगको युद्ध लडिरहेका छन्। यो सामग्री तयार पार्दासम्म करिब साढे दुई लाख मान्छेले ज्यान गुमाइसकेका छ्न र लाखौ मानिसहरु संक्रमित छन। मानिस र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.