काठमाडाैँमै विवाह गरेको पाँच दिनमै युवतीको शंकास्पद मृत्यु

काठमाडौँ- राजधानीको कोटेश्वरमा एक महिलाको बुधबार बिहान शंकास्पद मृत्यु भएको छ।

पाँच दिनअघि मात्र विवाह गरेकी २६ वर्षीया निर्जला भण्डारी छतबाट खसेर भुईँमा बजारिएको र उपचारका क्रममा मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका प्रमुख दक्षकुमार बस्नेतले जानकारी दिए। उनले आत्महत्या हो कि हत्या हो भन्नेबारे अनुसन्धान भइरहेको बताए।

‘घरको छतमा चप्पलको छाप देखिन्छ। परिवारले ठूलो आवाज आएर बाहिर हेर्दा निर्जला भुईँमा बजारिएको अवस्थामा देखिएको बताएका छन्’, डीएसपी दक्षकुमार बस्नेतले भने। उनले घटनाका बेला निर्जलाका श्रीमान सुतिरहेको र अन्य सदस्य चिया खाइरहेको प्रारम्भिक जानकारी पाएको बताए।

बुढानिलकण्ठकी निर्जलाको असार १३ गते कोटेश्वरका पराजुली थरका युवकसँग विवाह भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.