फेसबुकमा लाइभ गरेर मध्यरात दाङकी युवतीले गरिन् आत्महत्या

दाङ । सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर दाङमा एक युवतीले आत्महत्या गरेकी छन्।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ । घर खोज्न हिँड्यौँ । पत्ता लगाउन मुस्किल पर्‍यो । पछि पत्ता लाग्यो । कोठामा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ । बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.