एजेन्सी । न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ । गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सबै प्रतिबन्ध फुकुवा भएको थियो ।
क्लार्कले लकडाउन उल्लंघन गरेका कारण भएको विरोधपछि यसअघि नै राजीनामा प्रस्ताव गरेका थिए, तर देश महामारीसँग जुधिरहेको भन्दै प्रधानमन्त्री आर्डर्नले उनको राजीनामा स्वीकार नगरी बरियता घटुवा गरेकी थिइन् ।
Facebook Comments