‘एकताअघिकाे सम्झौता पालना भएन’

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले एकताअघिकाे सम्झौता पालना नभएको गुनासो गरेका छन् । उनल तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएकोमा घुमाउराे शैलीमा अापत्ति समेत जनाए।

बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन नहुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् ।

बुधबारको बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरेता पनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए । ‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने ।’ प्रचण्डले बैठकमा भने ।

तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो । त्यसको अघिल्लो दिन केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गरेर पाँचबुँदे सहमति भएको थियो, जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.