१० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडाैँ । कर्णालीका १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पतालमा ५, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र रुकुम चौरजहारीमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना महामारीको बेला स्वास्थ्यकर्मी अग्रमोर्चामा भएका कारणले स्वास्थ्यकर्मीहरुमा जोखिम बढी हुने गरेको छ ।

स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमणको जोखिम बढी रहेको स्वास्थ्यकर्मीहरूले सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण हुने गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले बताए ।

Facebook Comments