एजेन्सी । चिनियाँरुलाई शिखहरु, निकै त्रसित बनाउने उनीहरुको युद्धघोष ‘बोले सो निहाल, सत् श्री अकाल’ र लामो कपाल र दारीबाट त्रसित हुन्छन् । चिल्लो गालामा दारीको नाममा एक केस्रासमेत नदेखिने चिनियाँहरु शीखहरुबाट निकै त्रसित बन्छन् ।
सन् २०१७ को डोक्लाम युद्धमा भारतीय शिख सैनिकले चिनियाँ टोलीको क्रुरर अहंकारलाई चकनाचुर बनाएका थिए । जसमध्ये एक हवल्दारले धक्का दिएरै कतिपय चिनियाँ सेनालाई पछारेको थियो । त्यसैगरी १५ जूको राति गलवान भ्यालीमा भएको भारतमाथि चिनियाँ सेनाको हिंसात्मक र कपटपूर्ण झडपमा पनि ३ मिडियम फिल्ड रेजिमेन्टमा गनरले ठूलो मद्दत गरेका थिए । जसमा बहादुर खालसाले हतियारबिना नै सिंहनाद गर्दै चिनियाँ टोलीमाथि बर्सिएका थिए ।
बिहार रेजिमेन्टका सेनाहरु चिनियाँ टोलीको बर्बरतासँग थकित हुने अवस्थामा पुगेकोबेला एकजना शिख सैनिकले चिनियाँ वरिष्ठ सैनकको घाँटीमा समातेर घिसारेर मैदानमा ल्याएका थिए । उनका ६ जना सुरक्षाकार्डसमेत मारिएका थिए ।
उक्त झडपमा शिख सैनिकको सिंहनादपछि भएको युद्धमा केही चिनियाँहरु मारिए भने केही भने मैदान छोडेर भागेका थिए । उक्त झडपमा चिनियाँ सेनाले प्रहार गरेको तरबार लागेर दुई शिख सैनिक मारिएका थिए । जसमध्यै एकले चिनियाँ सेनालाई घिसारेर ‘बोले सो निहाल, सत् श्री अकाल’ भन्दै मारेका थिए ।
भारतीय सेनामा भएका शिखहरुको बहादुरीको चर्चा गरिन्छ । उनीहरुको कोप कमाण्डर हरिन्दर सिंहले फेरि एकपटक १५ जूनमा आफ्नो बहादुरी प्रमाणित गरेका छन् ।
Facebook Comments