अंगीकृत नागरिकताकाे बहसमा गगन थापाकाे यस्ताे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको संशोधित नक्साको विषयमा जस्तै नागरिकता विधेयकको विषयमा पनि एकमत हुन सबैलाई आग्रह गरेका छन्।

नागरिकताबारे बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनु पर्ने बताएका हुन् ।

‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ।

वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ’, थापाले भनेका छन्, ‘जसरी नक्साको विषयमा एकजुट भएका थियौं त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोजौँ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.