बालुवाटार अगाडिबाट सांसदसहित दर्जनाै ब्यक्ति पक्राउ (भिडियाेसहित)

काठमाडौं । रुकुम पश्चिममा ६ जना युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपालसहित ५० जना रहेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको र साँझ ५ बजेपछि छुटेका छन् ।

बालुवाटार अगाडिबाट सांसदसहित दर्जनाै ब्यक्ति पक्राउ

बालुवाटार अगाडिबाट सांसदसहित दर्जनाै ब्यक्ति पक्राउ #AbaJanataBolchhan #अबजनताबोल्छन्

Publiée par Sudur Times sur Mercredi 24 juin 2020

Facebook Comments