भारतीय रिटायर्ड मेजरले ओलीलाई टार्गेट गरी गरे यस्ताे ट्वीट

एजेन्सी । भारतीय रिटायर्ड मेजर जनरल जीडी बख्शीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोर भन्दै अशभ्य भाषामा ट्वीट गरेका छन् ।

रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गर्दै उनले नेपालप्रति निकै तल्लाे स्तरकाे शब्द प्रयाेग गरी ट्वीट गरेका हुन् ।

उनले ती सेउसेस्कु नेपालका ओली हुन् भन्दै हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ट्वीटमा उल्लेख गरेका छन् ।

Facebook Comments