न्याय माग्ने क्रममा काँग्रेस सांसदकाे भाँच्चियाे हात

काठमाडौं । रुकुम पश्चिममा ६ जना युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएकी नेपाली काँग्रेस सांसद लक्ष्मी परियारकाे हात भाचिएकाे छ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा सांसद परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनकाे हात भाचिएकाे हाे।

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपालसहित ५० जना रहेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको र साँझ ५ बजेपछि छुटेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.