काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो सिन्धु जल सन्धि रद्द गरेको छ। यसलाई पाकिस्तानलाई पाठ सिकाउन भारतले कूटनीतिक रूपमा चालेको सबैभन्दा ठूलो कदम मानिएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले चेनाब नदीमा रहेको बगलिहार बाँधबाट पाकिस्तान जाने पानीको प्रवाह रोकेको छ र झेलम नदीमा रहेको किशनगंगा बाँधमा पनि यस्तै कदम चाल्ने योजनाहरू बनाइरहेको छ।
यस विषयमा जानकार एक स्रोतले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार जम्मूको रामबनमा रहेको बगलिहार अनि उत्तरी कश्मीरमा रहेको किशनगंगा जलविद्युत बाँध मार्फत, भारतले आफ्नो तर्फबाट पानी छोड्ने समयलाई नियमन गर्न सक्ने उल्लेख गरिएको छ ।
यसको अर्थ यी बाँधहरू हुँदै पाकिस्तान पुग्ने पानीलाई कुनै पूर्व चेतावनी बिना नै घटाउन सकिन्छ र बहाव पनि बढाउन सकिने सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ ।
पहलगाम आतंकवादी हमलापछि भारतले दशकौं पुरानो यो सम्झौता स्थगित गरेको हो ।












Facebook Comments