भारतले लगायो पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा प्रतिबन्ध

काठमाडौं । भारत सरकारले पाकिस्तानबाट आउने सम्पूर्ण सामानहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले पाकिस्तानबाट आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

पहिले प्रत्यक्ष व्यापारमा प्रतिबन्ध लगाएको भारतलेअब भने अप्रत्यक्ष आयातमा पनि प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारहरुमा यो प्रतिबन्ध पाकिस्तानको लागि गहिरो प्रहार भएको पनि उल्लेख गरिएको छ । भारतको वाणिज्य मन्त्रालयले भारतबाट आयात वा निर्यात नगरिने उत्पादनहरूको सूची तयार गरिरहेको पनि स्रोतले जनाएको छ ।

वाणिज्य मन्त्रालयले जारी गरेको सूचना अनुसार भारतले पाकिस्तानबाट हुने सबै सामानको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा तत्काल प्रतिबन्ध लगाएको र यस सम्बन्धमा एउटा प्रावधान विदेश व्यापार नीति (एफटीपी) २०२३ मा थपिएको जनाएको छ ।

प्रावधानमा अर्को आदेश नभएसम्म तत्काल पाकिस्तानमा आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको भनिएको छ ।

यो जानकारी मे २ को सूचनामा दिइएको छ।

Facebook Comments