‘चीनले ताइवानमा आक्रमण गर्नु पुटिनको जस्तै गल्ती हुनेछ’

काठमाडौँ । अमेरिकी सेनाका शीर्ष जनरल र्माक मिलेले चीनले ताइवानमाथि आक्रमण गरे यो उसको एक रणनीतिक गल्ती हुने बताएका छन्।

अमेरिकी सेनाको सबैभन्दा शीर्ष पद यूएस चेयसमेन अफ ज्वइन्ट चिफ्सको जिम्मेवारी सम्हालिरहेका र्माक मिलेले चीनले ताइवानप्रति आक्रामकता देखाउनु पुटिनको जस्तै गल्ती हुने बताएका हुन्।

रुसी राष्ट्रपति पुटिनले यस वर्षको सुरुवातमा आफ्नो छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेका थिए।

जसलाई उनले विशेष सैन्य अभियानको नाम दिँदै आएका छन्। यो युद्ध अहिलेसम्म जारी छ र निकट भविष्यमा नै यो युद्ध सकिने सम्भावना भने कम देखिएको छ।

युद्धको कारण रुसले ठूलो आर्थिक र भूराजनीतिक चुनौतीको सामना गर्दै आएको छ। मिलेले भने, ‘ताइवानमाथि आक्रमण गरेर घेराबन्दी गर्नु निकै कठिन काम हो। ताइवानको धेरैजसो क्षेत्र पहाडी इलाका छ। सैन्य अभियानको दृष्टिबाट यो काम निकै कठिन छ।’

उनले यस्तो अवस्थामा चिनियाँ पक्ष जोखिमपूर्ण अवस्थामा हुने उनले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.