काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् ।

औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

Facebook Comments