चीनसँग सीमा विवाद छ, यसलाई कूटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, “कर्णाली प्रदेश चीनसँग जोडिएको छ, त्यसमा हुम्ला, मुगु, डोल्पा तीन जिल्लाहरु चीनसँग सीमा जोडिएको छ, विशेषगरेर चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ । यसमा पनि गएका रिपोर्टहरु पनि, त्यतिखेर गएका टोलीले दुई देशको बीचमा अरुपनि जस्तै दोलखा भयो, संखुवासभा भयो, ताप्लेजुङ भयो, त्यहाँका पनि समस्याहरु समाधान गर्नुपर्छ भनेर सरकारले कुटनीतिक रुपमा वार्ता गरिनै रहेको छ । उत्तरतिरको सिमानामा अहिले न म जान सक्छु, न तपाईँ जान सक्नुहुन्छ, बैशाख र जेठसम्म हिउँ पर्ने सिजन हो, अहिले बोर्डरमा जान सकिँदैन् । त्यसैले यसमा अलिकति ढिलाई भएको होला ।”

उनले हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चीनसँगको विवाद कुटनीतिक वार्तामार्फत हल हुने विश्वास दिलाएको सुनाए । सीमा विवाद समाधानको कामकारबाही अघि बढिरहेको उनको भनाइ छ । कर्णाली प्रदेश सीमा विवादको विषयमा यसअघिको धारणामा अडिग रहेको पनि उनले स्मरण गराए ।

भारत र चीन दुवै देश विशाल देश भएकोले सीमा विवादलगायतका समस्याको समाधान कुटनीतिक रुपमा नै गरिने शाहीले बताए । चीनले सिमा विवाद छैन ? भन्नु कुन नौलो कुरा हो र ? भन्दै उनले प्रश्न गरे । उनले चीनबाट नेपाली भूमि मिचिएको दाबी गरे ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.