काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको । जसमध्ये २९ अजार ७०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ अजार १ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सक्रिय संक्रमित मध्ये आईसीयूमा १ सय ३९ जना र भेन्टिलेटरमा २६ जना उपचाररथ रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २३ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररथ रहेका छन् । यसैगरी मधेस प्रदेशमा ४ जना आईसीयूमा रहेका छन् । बागमती प्रदेशमा भने ७९ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचारथ रहेको मन्त्रालयको भनाइ छ ।
त्यस्तै गण्डकी प्रदेशमा ७ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा र २ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा १ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् र सुदूरपश्चिममा भने २ जना आइसियू र १ जना भेनिटलेटरमा उपचाररत रहका छन्। यसैगरी कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि देशभरका नौ जिल्ला रेड जोनमा परेका छन् । उपत्यकाका तीन जिल्लासहित नौ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । कुल मध्ये आधा उपत्यकामै संक्रमित रहेको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३ जना, ललितपुरमा ७ सय ९५ जना र भक्तपुरमा २ सय १ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार झापा, धनुषा, पर्सा, मकवानपुर काभे्र, नवलपरासी, बाँके र दाङ गरी आठ जिल्लामा दुई भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
Facebook Comments