चीनको ‘आक्रामक कार्य’विरुद्ध गठबन्धनलाई थप बलियो बनाउँनुपर्छः अमेरिकी विदेशमन्त्री ब्लिन्केन

एजेन्सी । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको ‘आक्रामक कार्यहरू’बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन ‘नियममा आधारित आदेशको रक्षा गर्नु’ पर्नेमा जोड दिएका छन्।

उनले भने देशहरूलाई ‘आफ्नो बाटो रोज्ने’ अधिकार हुनुपर्छ। इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहिरहेका ब्लिन्केनले भने, ‘हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन्।’

‘नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो,’ अल जजिराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिएको उक्त भाषणलाई उल्लेख गरेको छ।

अल जजिराका अनुसार ब्लिन्केनले वाशिंगटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको बताएका छन्। तर उनले ‘उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्म’ बेइजिङको आक्रामक कारबाहीबारे गुनासो भने पोखेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.