शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-नेपाल सम्बन्धलाई विगार्न शक्ति केन्द्रहरु लागेको भन्दै दुई देश बिचको सम्बन्ध बिग्रन नदिने बताएका छन्।

भारतको देहरादुनमा महिना दिन लामो शहीद सम्मान यात्राको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको एएनआईले जनाएको छ।

‘त्यहाँ केही त्यस्ता शक्तिहरु छन् जसले नेपालसँग भारतको सम्बन्धलाई बिगार्न चाहन्छन्। सरकारको एक प्रतिनिधिको हैसियतले म तपाईँहरुलाई भन्न चाहन्छु कि यदि हामीले शिर झुकाउन परे हामी त्यसका लागि तयार छौँ। तर, हामीले हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिने छैनौँ,’ उनले भने।

Facebook Comments