प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

काठमाडौं। विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन्।

सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी कार्तिक ८ गते सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित भएका प्रधानन्यायाधीश राणाले सोही दिन साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका थिए।

सुरक्षा स्रोतका अनुसार केही मिनेटमात्र लामो सो भेटमा प्रधानन्यायाधीश राणाले सत्तारुढ गठबन्धनले आफ्नाविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याई न्यायपालिकालाई थप विवादमा पारेको भन्दै आफूले राजीनामा दिएर पद नछाड्ने प्रष्ट धारणा प्रधानमन्त्री देउवासमक्ष राखेका थिए।

प्रधानन्यायाधीश राणाले यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी पनि दिएका थिए। प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले प्रधानमन्त्री नियुक्त भई नयाँ सत्ता गठबन्धन बनेको परिस्थिति छ।

स्रोतका अनुसार, प्रधानन्यायाधीश राणाले यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी पनि दिएका थिए। प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले प्रधानमन्त्री नियुक्त भई नयाँ सत्ता गठबन्धन बनेको परिस्थिति छ।

त्यसैगरी राणाका जेठानलाई पनि मन्त्री नियुक्त गरिएको र ती मन्त्रीले २४ घण्टाभित्रै राजीनामा दिनु परेकोले सरकार बनेदेखि राणाका प्रतिनिधि मन्त्रीको सत्तात्यागसम्मको समयावधिभित्र सत्तारुढ दलका नेताहरु र प्रधानन्यायाधीशबीच अपवित्र साँठगाँठका धेरै कुराहरु हुनसक्ने अनुमान सार्वजानिक रुपमा हुन थालेकै सन्दर्भमा प्रधानन्यायाधीश राणाको आक्रोश प्रकट भएको हो।

समाचारअनुसार, प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासँगका सारा कुरा डिस्क्लोज गर्छु, माधव नेपाल र प्रचण्डसँग भएका कुरा पनि डिस्क्लोज गर्छु, अग्नि सापकोटाको मुद्धाका बारे पनि म सबै कुरा सार्वजानिक गर्छु भनी आक्रोश पोखेका थिए। राणा आक्रोशित हुँदा मौन देखिएका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग आफूले कुरा गर्ने भन्दै प्रधानन्यायाधीशलाई टारेका थिए।

बालुवाटारको एक उच्च स्रोतले बताएअनुसार, राणा प्रधानमन्त्री निवासबाट विदा हुनासाथ देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी आधा घण्टाका लागि तत्कालै बालुवाटार आइदिन आग्रह गरेका थिए। देउवाले बोलाएपछि दाहाल र नेपाल सोही साँझ अबेर बालुवाटार पुगेका थिए।

दुबै नेतालाई प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणा आएको र आक्रोश पोखेर गएको सबै बेलिबिस्तार सुनाएका थिए। ऊ आक्रोशित छ, छोड्दिन भनेको छ, तपाईंहरुले यो के के गराइराख्नु भएको छ? यस्तै हो भने सबै कुरा छताछुल्ल हुन्छ, अप्ठेरो हुन्छ भन्दै प्रधानमन्त्री देउवाले वामपक्षीय वकिलहरुलाई चूप बस्न लगाउन दाहाल र नेपाललाई आग्रह गरेका थिए।

यो प्रकरण बढ्दै गए न्यायालयमा मात्र होइन गठबन्धनमा पनि असर पर्ने र टुट्न सक्ने खतरा रहने भन्दै देउवाले दुबै नेतालाई सचेत गराएका थिए। माओवादी केन्द्रका सांसद रामनारायण विडारीसमेतको नेतृत्वमा वकिलहरुको भेला बोलाई प्रधानन्यायाधीश राणाविरुद्ध अभियान चलाइएकोबारे समेत बालुवाटारमा छलफल भएको बताइएको छ।

राणाले सबै कुरा खुल्ला खुलस्त पत्रकार सम्मेलन गर्ने र आफू हट्दा पनि संबैधानिक प्रक्रिया पूरा भएपछि अर्थात् महाभियोग पास भएपछि मात्र हट्ने अडान राखेपछि सत्तारुढ दलका नेताहरु प्रधानन्यायाधीशविरुद्धका गतिविधिमा हिजो मंगलबारदेखि नै देखिन छाडेका छन्।

एमाले र कांग्रेस महाभियोग लाउन तयार नभएको सार्वजानिक भइसकेको सन्दर्भमा माओवादी र एकीकृत समाजवादीले मात्र महाभियोग लगाउन संख्या पर्याप्त नहुने अवस्थाले विस्तारै प्रधानन्यायाधीश राणाको पल्ला भारी हुँदै गएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.