काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न चेतावनी दिएका छन् । ’गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे ।
‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्,’ ओलीले भने, ‘भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरु केही भन्न चाहन्नँ ।’
सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताए । त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको तर्क गरे ।
उनले मुलुकमा बिकासको काममा असाधारण काम गरेपनि सरकारबाट हटाइएको बताए । कार्यक्रमपछि एमाले अध्यक्ष ओली लगाएतका एमाले नेताहरूले भक्तपुरको थिमिस्थित नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।











Facebook Comments