काठमाडौं : नेकपा एकीकृत समाजवादीलाई नेकपा एमाले सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन्। नेकपा एस अवैध गर्भधारणबाट जन्मिएको भन्ने आफ्नो अभिव्यक्तिमा एकीकृत समाजवादीका कार्यकर्ताले कडा प्रतिवाद गरेपछि एमाले सचिव भट्टराईले त्यसमा जवाफ फर्काएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले घुँडामुनि हानेको टाउकोमै लागेछ कि के हो भन्दै आफ्नो बचाउ गरेका छन्। ‘घुँडामुनि हानेको त टाउकोमै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त,’ योगेशले लेखेका छन्।
बुधबार दशौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध गर्भधारणबाट जन्मिएको बताएका थिए।
