याक एण्ड यती होटलमा विदेशी नागरिकको शव भेटियो

काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ ।

होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

प्रारम्भिक सूचनाअनुसार मृतक कतारी नागरिक भएको बताइएको छ । यद्यपि प्रहरीले पुष्टि गरेको छैन ।

Facebook Comments