अमेरिका जान १ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’, तीन जना पक्राउ

काठमाडाैँ । अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ बनाएर दूतावासमा पेस गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्टिफिकेट पेस गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की रहेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार युएस डाइभर्सिटी भिसा (इडिभी)–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेस गर्ने र बनाउनेलाई पक्राउ गरिएको हो ।

कार्कीले दराईसँग १ लाख ७० हजार लिएर सर्टिफिकेट बनाएर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मंगलबार महाराजगञ्ज र कलंकीबाट पक्राउ गरेर उनीहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

Facebook Comments