सीमा अतिक्रमण: चीनकाे दाबी झुठाे, आयोगले बुझायाे स्थलगत प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेकाे जनाएकाे छ।आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म भारत र चीनसित सीमा जोडिएका २८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन्।

आयोगले प्रतिवेदनमा दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको समेत जनाएको छ । दोलखाको कोर्लाङ क्षेत्रमा पर्ने ५७ नंं सीमास्तम्भ कोर्लाङको क्षेत्रको टुप्पोबाट करिब १५ सय मिटर दक्षिणमा सार्दा नेपालको ९९ रोपनी नेपाली जमिन चीनतर्फ पर्न गएको र त्यही विवादका कारण दुई देशबीच चौथो प्रोटोकलमा हस्ताक्षर हुन नसकेको समेत प्रतिवेदनमा जनाइएको छ ।

आयोगले दुवै देशसित सीमा विवाद टुुंग्याई दार्चुला र ताप्लेजुङमा नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले सुझावसहितको प्रतिवेदनलाई पारित गरी सरकारलाई कार्यान्वयन गर्न सिफारिस गरेको छ ।

यसअघि केही दिन अघि काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले चीनले नेपालकाे कुनै पनि जिल्लाकाे भूमि मिचेकाे नमिचेकाे बताएका थिए।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भनेका थिए,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं। यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’

प्रवक्ता  सिओयोलोङकाे यस्ताे प्रष्टिकरण आयाेगकाे प्रतिवेदनले झुठाे सावित गरेकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.