काठमाडाैं । चर्चित गायक प्रकाश सपुतले रूकुम घटनाले सरकार र समाजलाइ गिज्याएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गायक सपुतले लेखेका छन् सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर ! तर रुकुम पुगेर रोकिए !
उन्ले अझै थपेका छन् दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !” भन्दै आफ्नाे फेसबुक पेजमा लेखेका छन् ।
गायक सपुतकाे फेसबुक स्टाटस यस्ताे छ ।
सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।
हार्दिक श्रद्धांजलि
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !”
Facebook Comments