मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीका समर्थक लगायतले मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन गरेका छन् ।

दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

Facebook Comments