चितवन कारागारबाट चन्दका दाजु वीरजंग रिहा 

चितवन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु कारागारबाट रिहा भएका छन्।

दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका हुन। वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए।

वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए। उनका अनुसार जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन्।

जेलर काफ्लेका अनुसार वीरजंग बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए।

नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरु यसअघि नै रिहा भएका थिए।

Facebook Comments