उपत्यकामा पाँच जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो।

उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.